काठमाडौ । राप्रपाले प्रचण्ड नेतृत्वको सरकारमा सहभागीताका लागि शर्त अघि सारेको छ । आफ्नो पार्टीका मुख्य पाँच शीर्षकका एजेन्डा सरकारका न्युनतम साझा कार्यक्रममा समावेश गरिए सरकारमा जाने निर्णय राप्रपाले गरेको हो ।
आज बसेको राप्रपाको कार्यसम्पादन समितिको वैठकमा सरकारमा सहभागिताबारे लामो छलफल भएको थियो । नेताहरूले पक्ष र विपक्षमा रहेर धारणा राखेका थिए । धेरै नेताहरूको जोड सरकारमा गएर आफ्ना एजेन्डा कार्यान्वयनमा लैजानुपर्ने थियो बैठकमा संसदमा निर्वाचित भएका
नेताहरुले सरकारमा जानुपर्ने पक्षमा वकालत गरे भने पराजित प्रतिपक्षमै बस्नुपर्नेमा जोड दिएका थिए ।अध्यक्ष राजेन्द्र लिङदेनले सबैको भावना समेटेर अनुसार आफू चल्ने बताउँदै तटस्थ बसे । दिनभरीको छलफलपछि राष्ट्रियता, स्वाधीनता, विकास, सुशासन र
सेवा प्रवाहसम्बन्धी विषयहरुमा पार्टीका एजेण्डा सरकारका न्युनतम साझा कार्यक्रममा राख्न शर्त राखेको पार्टी प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।यदि यी शर्तहरुमा सहमत भए राप्रपा सरकारमा सहभागी हुने निर्णय भएको छ । बैठकले यसको जिम्मेवारी अध्यक्ष लिङदेनलाई दिएको छ ।
यो पनि – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन्। राहदानी बनाउने सेवाग्राहीले लामो लाइनका साथै अन्य विभिन्न कुरामा सास्ती खेप्नुपरेको गुनासोका बीच गृहमन्त्री लामिछानेले बुधबार विभागको अनुगमन गरेका हुन्।
मन्त्री लामिछाने बुधबार अनुगमनमाका लागि विभागको कार्यलय त्रिपुरेश्वर पुगेको उनको सचिवालयले जनाएको छ। ‘राहदानी विभागमा उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको अनुगमन,’ सचिवालयले फेसबुकमा उल्लेख गरेको छ।
Leave A Comment