विदेशबाट फर्किने नेपालीले अब आफुले प्रयोग गरिरहेको मोबाइल मात्र ल्याउन पाउने भएका छन्। भन्सार विभागले आगामी पुस १५ गतेदेखि मोबाइल भित्र्याउने नियमहरुमा कडाइ गर्ने तयारी गरिरहेको छ। जसअनुसार विदेशबाट फर्किनेहरुले आफूले प्रयोग गरिरहेको मोबाइल ल्याउन पाउने त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ।
त्यसका अतिरिक्त थप मोबाइल ल्याएमा दोस्रो मोबाइलका लागि भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य तिर्नुपर्ने कार्यालयले जनाएको छ। विदेशबाट मोबाइल ल्याउँदा ५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अधिवृद्धि कर गरी कुल १८ प्रतिशत कर अनिवार्य तिर्नुपर्ने भएको हो।
उता नेपाल मोबाईल व्यवसायी महासंघले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार महासंघले नवनियुक्त अर्थमन्त्री पौडेललाई भेट्दै शुभकामनासहित ध्यानाकर्षण पत्र बुझाएको हो ।ध्यानाकर्षण पत्र बुझाउँदै महासंघले मोबाईल डिभाइस म्यानेजमेन्ट सिस्टम (एस.डि.एम.एस)को प्रभावकारी
कार्यान्वयन गर्न अनुरोध गरेको छ ।साथै वर्सेनी ४० अर्व भन्दा बढी राजस्व उठाउने ठूलो स्रोत मानिएको मोबाईल व्यवसायी बजार अहिले गम्भीर अवस्थामा पुगेको बताउँदै महासंघले बैंकिङ क्षेत्रमा देखिएको जटिलताले व्यवसायी कर्मचारी र यसका आश्रितहरुलाई समस्या भएको जनाएको छ ।
यसका लागि सहुलियत दरमा र सहज ऋण प्रवाह गर्ने व्यवस्था मिलाइदिन महासंघले अनुरोध गरेको छ । त्यस्तै, महासंघले घर वहाल लिने र दिने मापदण्ड प्रभावकारी नहुँदा आकासिएको घर वहाल र करको स्पष्ट नीति नहुँदा व्यवसायी मारमा परेको जनाएको छ ।
साथै महासंघले जनमानसमा सर्वप्रिय र दैनिकरुपमा अत्यावश्यक बनिसकेको मोबाईललाई विलाशिता वस्तुको रुपमा नलिई अत्यावश्यकीय वस्तुमा राख्न अनुरोध गरेको छ ।
Leave A Comment