Latest
img

गृहमन्त्री रवि लामिछानेले दिए दीपक बोहरालाई यति ठुलो जिम्मेवारी

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सचिवालय संयोजकमा दीपक बोहरालाई नियुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य बोहरालाई रविले सचिवालयको नेतृत्व दिएका हुन् ।बोहरालाई रास्वपाले पार्टीको समानुपातिक सूचीमा समेत राखेको थियो ।

तर, लैंगिक तथा जातीय सन्तुलन मिलाउनुपर्ने भएकाले उनले त्यसमा अवसर पाएनन् ।लामिछाने सञ्चारकर्ममा हुँदादेखि नै बोहरा उनका निकट सहकर्मी थिए । उनले न्यूज २४ बाट प्रशारण हुने लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मा प्रोड्यूसरको रूपमा काम गरेका थिए ।

यो पनि – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटार सरेका छन्। आइतबार नै प्रधानमन्त्रीमा नियुक्त भएका र सोमबार सपथ समेत लिएका उनी आफ्नो निवास खुमलटारमा बस्दै आएका थिए। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार बिहान बालुवाटारबाट बाहिरिएपछि साँझ नै प्रचण्ड प्रवेश गरेका हुन्।

प्रधानमन्त्री प्रचण्ड साइत हेराएर बालुवाटारस्थित सरकारी निवास प्रवेश गरेका हुन्। उनले बुधबार मात्रै ज्योतिषीलाई बोलाएर साइत हेर्न लगाएका थिए। साइत हेर्ने ज्योतिषी टीकाराम घिमिरेले भने, ‘प्रधानमन्त्रीको सचिवालयबाट साइत हेराउनका लागि फोन आएको थियो।

उहाँहरुको चासो भोलि ११ बजेका लागि थियो। तर मैले आजै साँझ ५ बजे राम्रो हुने सुझाव दिएको छु।’बालुवाटार सर्दै गर्दा प्रचण्डले पूजापाठ पनि गरेको बताइएको छ। सोमबार सपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुग्दा उनले दौरा सुरुवाल लगाएका थिए। जसलाई धेरैले छलफलको विषय बनाएका थिए।

सामाजिक सञ्जालमा उनको पोशाकले अद्यापि चर्चा पाइरहेको छ। प्रचण्डलाई कुनै समय सबैभन्दा वामपन्थी र भौतिकवादी व्यवहारका नेता ठानिन्थ्यो। माओवादीका नेताहरुले पोशाक, भाषा, धर्म, समुदायका सन्दर्भमा पनि अपनाएका व्यवहारले उनीहरुको सोचाइ र व्यवहारको पनि निश्चित ढाँचाको अपेक्षा गर्थ्यो।

पक्कै त्यहाँ दौरा सुरुवाल र ज्योतिषशास्त्र अटाउँदैथ्यो। यसअघि दुई पटक प्रधानमन्त्री बन्दा पनि उनले यस किसिमको शैली अपनाएका थिएनन्। तर, तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछिका प्रचण्डका व्यवहारले ती मान्यतासँग मेल खाइरहेका छैनन् ।दौरा सुरुवाल लगाएर सपथ खाने र साइत हेराएर प्रधानमन्त्री निवास बालुवाटार सर्ने निर्णयले प्रचण्डमा आएको परिवर्तनलाई पुष्टि गर्छन्।

प्रचण्डको यो व्यवहारलाई पार्टीकै नेताहरुले सहज ठानिरहेका छैनन्। नेता लेखनाथ न्यौपानेले फेसबुकमा यिनै प्रसंगहरु जोड्दै ‘माओवादीको भविष्य?’ भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले आफ्नो स्टाटसमा ‘अब बोको काटेर ग्रह कटाउने’ सम्भावना पनि दर्साएका छन्। यद्यपि, त्यसो भने गरिएन।

बुधबार मात्रै कान्तिपुर दैनिकमा प्रकाशित आफ्नो लेखमा सीके लालले प्रचण्डले लगाएको दौरासुरुवाललाई जोड्दै ‘प्रचण्डको दाहालरूपी कायाकल्प’ भनेका छन्।तर ‘भौतिकवादी’ प्रचण्डको अध्यात्म र ज्योतिषशास्त्रप्रतिको आस्था प्रकट भएको यो पहिलो पटक होइन। शान्ति प्रक्रियामा आएका १६ वर्षमा उनका अनेक व्यवहार प्रकट भएका छन्। जसले उनीभित्रको त्यो आस्थालाई प्रकट गर्ने गरेको छ।

प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएर बाहिरिएको केही समयपछि उनले भैंसी पूजा गरेका थिए। त्यसपछि पनि उनले पुराण उद्घाटन गरेर र म्याग्दीस्थित गलेश्वर मन्दिरमा दर्शन गरेर चर्चा पाएका थिए। उनले सार्वजनिक रुपमा रामदेवलाई क्रान्तिकारी र वैज्ञानिक समेत भनेका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment