एजेन्सी । फ्रान्सेली फरवार्ड किलीयन एमबाप्पेले फिफा विश्वकप २०२२ मा उपाधि जितेको खुसीयाली मनाउने क्रममा अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले उडाएको विषयमा बल्ल बोलेका छन् । उनले बुधबार फ्रान्सेली लिग वनमा स्ट्रासबर्गविरुद्ध खेलपछि बोल्दै आफुलाई उडाएको विषयमा प्रतिक्रिया दिएका हुन् ।
एमबाप्पेले मार्टिनेजको खुसियाली मनाउने शैलीबारे बुधबार सञ्चारकर्मीसंगको कुराकानी गर्दै फरक मत दिएका छन् । उनले भने, ‘कसले कस्तो खुसियाली मनायो मलाई मतलब हुँदैन । म यस्तो कुरामा ध्यान दिन पनि चाहन्न ।’उनले दिएको यस्तो प्रतिक्रियाले समर्थकहरुले खुसी व्यक्त गरेका छन् ।
अरुको कुरामा निन्दा गर्नुभन्दा आफ्नो खेलमा केन्द्रित हुनु पर्ने समर्थकहरुलले सुझाव दिँदै आएका थिए । उनले दिएको यस खाले प्रतिक्रियाबाट समर्थक झनै मन जितेका छन् ।यस्तै, एमबाप्पेले खेलपछि मेस्सीलाई भने बधाई दिएको बताए । उनले भने, ‘मैले मेस्सीलाई बधाई दिएँ ।
यो उपाधि उनको लागि निकै महत्त्वपूर्ण थियो । मेरो लागि पनि उत्तिकै महत्त्व बोकेको थियो, तर हामी पराजित भयौं । जितेको टोलीलाई बधाई दिनु परिपक्व खेलाडीको पहिचान हो ।’तेस्रोपटक विश्वकप विजेता बनेपछि अर्जेन्टिनाले घरेलु भुमिमा लाखौं समर्थकमाझ विजयी र्यालीमा खुसी मनाउने क्रममा अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले एमबाप्पेलाई निरन्तर व्यंग्य गरेका थिए ।
एमबाप्पेलाई लक्षित गर्दै खेलपछि ड्रेसिङ रुममा मार्टिनेजले नारा लगाएको भिडियो समेत सामाजिक संजालमा भाइरल बनेको थियो । विश्वकपको ट्रफी बोकेर शहर परिक्रममा गर्ने क्रममा मार्टिनेजले एमबाप्पेको कार्टुन बोकेको विषयले चर्चासंगै विवादित पनि भएको थियो ।
फाइनलमा पेनाल्टीसहित ४ गोल गरेका फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले २४औं जन्मदिन फ्रान्समा परिवारसँग मनाइरहँदा उता, विजयी उत्सव मनाउने क्रममा लाखौं मानिसको भीडमा गोलरक्षक मार्टिनेजले एमबाप्पेको ‘बेबी डल’मा बच्चाबच्चीले लगाउने ‘डाइपर’ लगाएको कार्टुन बोकेर व्यंग्य गरिरहेका थिए ।
उनको यो हर्कतलाई धेरैले आलोचना गरे ।अर्जेन्टिनाको विश्वकप जितमा मार्टिनेज नायक बनेका थिए । उनी प्रतियोगितामा गोल्डेन ग्लोभ जित्न सफल भए । गोल्डेन ग्लोभ लिएपछि उनले गरेको अपाच्य हर्कतको पनि आलोचना खेपिरहेका छन् ।फाइनलअघि एमबाप्पेले दक्षिण अमेरिकी फुटबल युरोपजति
राम्रो नरहेको बताएपछि मार्टिनेजले एमबाप्पेमाथि कटाक्ष गरेको बुझिएको छ । फाइनलअघि दक्षिण अमेरिकी फुटबल कमजोर छ भन्ने प्रतिक्रियामा मार्टिनेज खुसी थिएनन् । यस कारण फाइनलपछि दक्षिण अमेरिकामा लगातार एमबाप्पेको आलोचना भएको थियो ।
Leave A Comment