Latest
img

अस्पतालमा उपचाररत पेलेलाई नेपालमा श्र’ द्धाञ्जलि दिने को-को हुन् ?

काठमाडौं। महान् फुटबलर पेले एक महिनादेखि अस्पतालमा छन्। ब्राजिलको राजधानी शहर साओ पाउलोस्थित अल्वर्ट आइनइस्टेइन अस्पतालमा उनको उपचार भइरहेको छ। पेटको क्यान्सरबाट पीडित पेले नोभेम्बरमा २९ मा उक्त अस्पताल भर्ना भएका थिए।

जतिखेर कतारमा फिफा विश्वकप फुटबलको २२औँ संस्करण चलिरहेको थियो। उनले ठूलो आशासहित आफ्नो देशको जितको कामना गर्दै विश्वकप अस्पतालबाटै हेरे। यसले आफूलाई थप शक्ति दिएको उनले बताएका थिए। अर्जेन्टिनाले उपाधि जितेपछि मेसी र अर्जेन्टिनालाई बधाई पनि दिए।

अस्पतालमा पेलेको उपचार भइरहेका बेला नेपालमा एक्कासि मृ’ त्युको हल्ला चलाइएको छ। खासगरी, बुधबार साँझदेखि सामाजिक सञ्जालमा उनलाई श्र’ द्धाञ्जलि दिनेको ओइरो लाग्यो। भ्रामक पोस्टकै आधारमा केही अनलाइन समाचार माध्यमले समाचार समेत बनाए।

केहीले त आफैँले देखे जसरी पत्नीको अङ्गालोमै बिदा लिए भनेर श्र’ द्धाञ्जलि दिएका छन्। नेपालमा भने डलरे मिडियाले भ्युज बढाउनको लागि भ्रामक समाचारहरु भाईरल बनेका थिए । तर, कुनै पनि अन्तर्राष्ट्रिय मिडियाले सो समाचार लेखेका छैनन् ।पेलेको स्वास्थ अवस्थाबारे सामाजिक सञ्जालमा जानकारी गराइरहेकी छोरी केली नासिमेन्तोले यसबारेमा केही बताएकी छैनन्।

अन्तर्राष्ट्रिय मिडियाले यसबारेमा कुनै खबर दिएका छैनन्।बरु क्यान्सरविरुद्धको लडाइँ जारी राख्दै पेलेले परिवार र साथीहरूसँग भिडिओ कल गरेका छन्। यद्यपि, उनको अवस्थामा भने कुर्न सुधार नआएको परिवारलाई उद्धृत गर्दै सञ्चारमाध्यमले समाचार लेखेका छन्।

पेलेले परिवार र साथीभाइसँग भिडिओ कलमा कुरा गरेको समाचार आएपछि कतिपयले भ्रामक पोस्ट हटाएका छन्। केही अन्तर्राष्ट्रिय समाचारमा पेलेकी छोरीले आफ्ना बाबुसहितको पुरानो फोटो सेयर गरेको भनिएको छ। फोटोमा क्रिसमस मनाउन पेलेका परिवार अस्पतालमै जम्मा भएको देखिन्छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment