Latest
img

नेपाली राजनीति फेरि तरङ्गित: प्रचण्ड र जनार्दनबीच मञ्चमा नै लफडा, भयो यति ठूलो हंगामा

काठमाडौं:

नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनपछि भएको पदाधिकारी चयनको विवाद सार्वजनिक भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको उपमहासचिव पद जनार्दन शर्माले अस्वीकार गरेका छन्।

त्यसक्रममा प्रचण्डले ‘तपाईं मैले नै हुर्काएको व्यक्ति हुँ भन्ने नबिर्सनुस्’ भन्दै चेतावनी दिएका छन्।

बुधबार काठमाडौंमा अनेरास्ववियु क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रममा जनार्दनले आफू उपमहासचिवका

रूपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको भन्दै पद अस्वीकार गरेका हुन्।

प्रचण्ड उपस्थित मञ्चमै जनार्दनले पद अस्वीकार गर्दै आफू उपमहासचिवको हैसियतमा नभई कार्यकर्ताका रूपमा कार्यक्रममा आएको बताए।

माओवादी केन्द्रमा जनार्दन र वर्षमान पुन दुवै महासचिवका दाबेदार थिए। तर, प्रचण्डले यही भदौ ४ गते देव गुरुङलाई महासचिव बनाएका थिए।

प्रचण्डले जनार्दन र वर्षमानसहित गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, पम्फा भुसाल, शक्ति बस्नेत र मात्रिका यादवलाई उपमहासचिव तोकेका थिए।

अध्यक्षले लिएको निर्णयमा त्यस बेलै फरक मत राखेका जनार्दनले पद नै अस्वीकार गरेका हुन्।

“म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरूलाई जानकारी गराउन चाहन्छु,” जनार्दनले कार्यक्रममा भने, “पार्टीमा ६ जना उपमहासचिव छन्।

म यहाँ उपमहासचिव पदको हैसियतमा सम्बोधन गर्न आएको होइन।” माओवादी केन्द्रमा संगठन विभागको नेतृत्वमा महासचिव नै हुने अभ्यास छ।

कार्यक्रममा जनार्दनले आफू अध्यक्ष प्रचण्डको सबैभन्दा कडा आलोचक र सबैभन्दा ठूलो रक्षक पनि भएको बताएका थिए।

त्यही प्रसंगमा प्रचण्डले जनार्दनलाई जवाफ समेत दिएका छन्। जनार्दनले पद अस्वीकारसहितको असन्तुष्टि पोख्दा मञ्चमै रहेका प्रचण्डले आफूले पार्टीमा राम्रो उत्तराधिकारी

तयार होऊन् भन्ने चाहेको उल्लेख गरे। नेताहरूको रक्षा गर्ने र हुर्काउन पनि आफूले नै मुख्य भूमिका खेलेको प्रचण्डले बताए।

उनले यसो भनेर जनार्दनलाई धरातल नभुल्न अप्रत्यक्ष चेतावनी समेत दिएका थिए।

“जनार्दनले जाँदाजाँदै भन्नुभयो नीति र नेतृत्वको रक्षाको कुरा, जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो,” प्रचण्डले भने,

“अब मेरो सपना राम्रो उत्तराधिकारी तयार होऊन्, तिनले पार्टीलाई एकताबद्ध गरेर लैजाऊन्, तिनले तमाम क्रान्तिकारीलाई सही स्कुलिङ गरून् र हाम्रो विरासत,

हाम्रो क्रान्तिकारी परम्परालाई अगाडि बढाऊन्, ठूलो छाती लिएर सबै अगाडि बढून् भन्ने छ।”

 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment