काठमाडौं । अंग्रेजी नयाँवर्ष २०२३ संघारमै छ । नयाँवर्ष आउन केही दिन मात्र बाँकी छ ।सेलिब्रिटी मात्र होइन, सर्वसाधारणले समेत नयाँवर्षमा नयाँ योजना र प्रतिबद्धता बनाउँछन् । यस्तोमा अभिनेत्री साम्राज्ञी शाहले नयाँवर्षमा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेकी छन् ।
कुरा गर्दै साम्राज्ञीले अभिनय र व्यक्तिगत जीवनलाई राम्रो बनाउन चाहना राखेकी छन् । उनले सात विभिन्न आकांक्षा व्यक्त गर्दै नयाँवर्षमा यसलाई पूरा गर्नेतर्फ अघि बढ्ने बताइन् ।अभिनेत्रीको रुपमा आफ्नो क्षमता बढाउने, राम्रा फिल्म गर्ने, करिअरमा विवेकसम्मत निर्णय गर्ने, सकेसम्म आफ्नो लागि राम्रो गर्ने,
मानसिक र आध्यात्मिक रुपमा बलियो बन्ने, प्रोफेसनल फेमिलीको आकार बढाउने उनको योजना छ ।‘साथै, आफ्नो लाइफमा पनि सकारात्मक परिवर्तन ल्याउँछु भन्ने छ तर ठ्याक्कै यही भन्ने छैन,’ साम्राज्ञीले भनिन् । सन् २०२३ मा उनका तीन फिल्म ‘तिम्रो मेरो साथ’, ‘ह्यारीकी प्यारी’ र ‘लण्डन टु पेरिस’ प्रदर्शन हुनेछन् ।
उनको यो कुरामा आफू अरु अभिनेत्री जति क्षमतावान हुन सकेको छैन भन्ने स्वीकारोक्ति हो । करिअरमा विवेकसम्मत निर्णय गर्न सकिनरहेकी अभिनेत्री हुन् भन्दा उनलाई फरक पर्दैन । यसैले यो कुरामा उनले आफ्नै बारे खुलासा गरेकी हुन् भन्दा फरक पर्दैन ।
यो पनि – एकै परिवारबाट फिल्मी क्षेत्रमा आएका दाजु–भाई आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशी मुम्बईमा बस्न थालेका छन् ।पछिल्लो पटक फिल्म ‘द ब्रेकअप’मा देखिएका आशिरमान देशराजले डेढ वर्षदेखि मुम्बईमा बसेर फिल्म मेकिङको कोर्ष गरिरहेका छन् ।
आयुष्मानले अभिनेत्री प्रियंका कार्कीसँग विवाह गरेपछि फिल्म ‘चि मुसी चि’मा अभिनय गरे, जुन पुष २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।उनीहरुकी आमा तथा मेगा बैंक नेपालकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले हालै मुम्बईमा एउटा फ्ल्याट खरिद गरेको र सोही फल्याटमा दुई दाजुभाइ बस्न थालेको बताइन्छ ।
आमा देशराजलेपनि बैकको सिइओको जागिर छोडेर छोराहरुका लागि मुम्बईमा नै बस्ने योजना बनाएकी छिन् । उनको तलब बार्षिक झण्डै दुई करोड पुग्थ्यो ।केही दिनअघि उनले मुम्बईमा किनेको फ्ल्याटको भिडियो इन्स्टाग्राममा सेयर गरेपछि यो कुराले पनि दाजु–भाई उतै बस्न लागेको कुरालाई बल पुगेको हो ।
उनले बुधवार इन्स्टा स्टोरीमा आयुष्मानको प्रि–बर्थडे सेलिब्रेसन गरेका तस्बिर तथा भिडियोहरु पोस्ट गरेकी छन् ।उनीहरुको साथमा मुम्बईमा बस्दै आइरहेकी अभिनेत्री परमिता आरएल राणा पनि छिन् । बाक्लै रुपमा मुम्बई आउ–जाउ गरिरहेकी रविनाले दुई छोराका लागि मुम्बईमा फ्ल्याट किनेको र आफूपनि उतै सिफ्ट हुने तयारीमा छिन् ।
Leave A Comment