Latest
img

हेडक्वार्टर पुगेर गृहमन्त्री रवि लामिछानेले भने- सरुवा, बढुवाका लागि नेताको घर-घर गए कारबाही गर्छु

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरुवा-बढुवा माग्दै नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने बताए ।

गृहमन्त्री बनेपछि पहिलो पटक निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय पुगेका उनले भने, ‘सरुवा र बढुवाको कुरा लिएर नेताका घर घर जाने कुरा अन्त्य गरिनेछ । हाम्रोभन्दा पनि राम्रो मान्छे प्राथमिकतामा पर्नेछन् ।’उनले राम्रो काम गर्नेलाई पुरस्कृत र प्रहरीका आचरण विपरितका क्रियाकलाप गर्नेलाई दण्डित गर्ने पनि बताए ।

उनले भने, ‘हिजोका दिनमा जे–जे भए भए, आगामी दिनमा कसैले पनि कानूनी विपरितका क्रियाकलाप नगरोस्, विकृति विसंगतिका अन्त्य गर्छु ।’आफूले प्रहरीभित्रका विकृति राम्ररी बुझेको बताउँदै उनले भने, ‘गलत क्रियाकलाप भएको पाइए कसैको कुरा सुन्ने छैन ।’

उनले आफूले पनि कुनै कुरामा दबाब नदिने बताउँदै सबै कुरा कानूनले बाँधेर गर्ने बताए । उनले प्रहरीको सेवा, सुविधा, रासन र तलब स्केल सबैको पुनरावलोकन गर्ने पनि बताए ।प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले प्रहरीमा सरुवा बढुवाका लागि मापदण्ड समेत बनाइएको बताउँदै त्यसलाई अक्षरांश पालना गर्ने बताए ।

यो पनि – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु ल्होसारका अवसरमा सरकारले दिँदै आएको आर्थिक सहयोग यो वर्ष बढाएर दिइने बताएका छन् । शुक्रवार काठमाडौंको टुँडिखेलमा आयोजित तमु ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहयोग रकम बढाएर दिने प्रतिबद्धता जनाएका हुन् ।

त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले टुँडिखेलमा आयोजित ल्होसार कार्यक्रममा विशेष सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीलाई निर्देशन समेत दिए । ‘टुँडिखेलमा आयोजित समारोहको सुरक्षाका लागि विशेष ध्यान दिन यसैमञ्चबाट नेपाल प्रहरीलाई निर्देशित गर्न चाहन्छु’,

प्रधानमन्त्री प्रचण्डले भने, ‘साथै यो तमु ल्होसारमा विगत सरकारले पनि सम्मान र सहानुभुतिस्वरुप आर्थिक सहयोग गर्दै आएको कुरा मलाई थाहा छ । म दोस्रो चोटी प्रधानमन्त्री हुँदा बोलेको थिएँ तर मैले प्रधानमन्त्री छोडेपछि भएन भनेर मलाई सुनाउनुभयो, यो पटक अहिलेसम्म दिएको रकमभन्दा बढी रकम म आफै दिन्छु ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment