बिहीबार राति पूर्वी एसियाली मुलुक कम्बोडियाको एक क्यासिनोमा आगलागी हुँदा १९ जनाको मृ’ त्यु भएको पुष्टि हुँदा मृ’ तकमध्ये एक जना नेपाली रहेको खुलेको छ । एक महिनाअघि भिजिट भिसामा कम्बोडिया गएका झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृ’ त्यु भएको हो ।
थाइल्यान्डसँग सीमा जोडिएको उत्तरी कम्बोडियाको ग्राण्ड डायमन्ट सिटी बिल्डिङमा रहेको होटल क्यासिनोमा राति भीषण आगलागी हुँदा त्यहाँ सयौँ मानिसहरू रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । क्यासिनको तल्लो तलबाट आगलागी सुरु भएपछि मानिसहरू माथिल्लो तलातर्फ गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले सार्वजनिक गरेको भिडियोहरूमा देखिएको ।
यसरी मृ’ त्युको मुखमा पुगेपछि पाण्डेले आफ्नो घर परिवार सम्झिए । उनले झापा घरपरिवारमा भिडियो कल गरे । सार्वजिनक भिडियो कलमा आफ्ना ९ वर्षीय छोरालाई सम्झाएको देखिन्छ । उनले भनेका छन्, ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अलवेज लभ्स यू ।
जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है, बाबु है। आर्मन इज द बेष्ट है सानु । अब सुन है। मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है। लमजुङ बुबा मामुलाई माया गर्नू । सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा ।’
उनले मामा माइजुलाई पनि माया गर्न भनेका छन् । उनले अगाडि छोरालाई भनेका छन्, ‘कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न ।आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा । अनि त्यसपछि विशेष गरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाउनू ।माइजुहरू
लाई चित्त नदुखाउनू ।
उहाँहरूले धेरै गर्नुभएको छ, माइजुहरूले । लमजुङ बुबा आमाले पनि धेरै गर्नुभएको छ। है सानु तिमी धेरै ठूलो मान्छे बन्नू । ज्ञानी हुनू । अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौ । है उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु उसले मलाई दाजु भन्छ ।
उसलाई एकदम रेस्पेक्ट गर्नू, है बाबु । भोलिका दिनमा तिमीले उसैलाई सहयोग गर्छ है बाबु। राम्रो मान्छे बन्नू। कसैलाई चिट गर्नुहुन्न छोरा। मैले जे जति दुःख गरेँ, हुन्छ कि भनेर कोसिस गरेँ छोरा। मैले सकिनँ ।’ परिवारलाई सम्झाएपछि उनले बाँच्ने आशा मारेर होटलको १२ औँ तलाबाट हा’ मफाले ।
हा’ मफाल्दा उनको मृ’ त्यु भएको उनका आफन्तहरूले पुष्टि गरेका छन् । उनको श’ व ल्याउने नेपाल ल्याउने प्रयास भइरहेको छ । थाइल्यान्डस्थित नेपाल राजदूतावासको समन्वयमा उनको श’ व ल्याउने प्रयास भइरहेको छ ।
Leave A Comment