Latest
img

प्रियंका कार्कीको सासु रविनाले सार्बजनिक गरेको प्रेमी को हुन् ?

काठमाडौं । सेलिब्रेटी बैंकरको परिचय बनाएकी रविना देशराज श्रेष्ठले आफ्नो प्रेमीको फोटो सार्वजनिक गरेकी छन् ।मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट राजीनामा दिएको एकसातापछि इन्टाग्राममार्फत उनले आफ्नो प्रेमीको फोटो सार्वजनिक गरेकी हुन् ।

उनले इन्टाग्राममा ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि आफ्नो प्रेमीलाई चिनाउन पाउँदा खुसी भएको बताएकी छन् । उनले भेटपछि ‘कसरी माया बस्यो त्यो व्यक्त गर्न नसक्ने’ भन्दै सबैलाई शुभकामना र आर्शीवाद दिन अनुरोध गरेकी छन् । रवीनाले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्याप्म्यानको इन्स्टाग्राममा मेन्सन गर्दै ‘आई लभ यू’ लेखेकी छन् ।

रविना बैंकिङ क्षेत्रमा उच्च व्यवस्थापनमा पुग्ने सीमित नेपाली महिलामा पर्छिन् । रविनाले स्टाण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेकी थिइन् । उनी नबिल बैंक हुँदै मेगा बैंकमा स्थापनाकालदेखि कार्यरत थिइन् ।मेगा बैंक नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने भएपछि रविना इन्भेस्टमेन्टमा डेपुटी सीईओ हुने सहमति भएको थियो ।

तर, उनले ठूलो बैंकको डेपुटी सीईओको पद अस्वीकार गर्दै राजीनामा दिएकी थिइन् । रविनाका दुई छोरा आयुशमान र असिरमान छन् । लामो समयदेखि रविना एकल जीवन बिताउँदै आएकी थिइन् । दुवै छोरा नेपाली सिनेमा क्षेत्रमा सक्रिय छन् ।रविनाका छोरा आयुशमानले नायिका प्रिंयका कार्कीसँग विवाह गरेका छन् ।

यो पनि – नेपाली फिल्म उद्योगकी चर्चित अभिनेत्री हुन् रेखा थापा । राजनीतिमा सक्रिय देखिएसँगै केही वर्ष भने उनी फिल्मबाट टाढा देखिएकी थिइन् ।अब भने उनी राजनीतिसँगै फिल्ममा पनि उत्तिकै सक्रिय हुने तयारीमा छिन् । माघमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्यारीकी प्यारी’को एउटा गीतमा रेखाले आइटम डान्स समेत गरेकी छिन् ।

बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत सार्वजनिक गरिएको थियो ।गीत रिलिज कार्यक्रममा बोल्दै अभिनेत्री रेखाले आफू राजनीतिसँगै फिल्ममा पनि उत्तिकै सक्रिय रहने बताएकी हुन् ।आफू दुईवटा फिल्मको तयारीमा रहेको बताउँदै रेखाले त्यसपछि आफू आमा बन्ने समेत खुलासा गरेकी छिन् ।

फागुनमा एउटा र बैशाखमा अर्को फिल्म छायांकनमा जाने तयारीमा रहेको उनको भनाई छ । त्यसमध्ये एउटा फिल्मको रिलिज असोजमा गर्ने उनको भनाई छ ।कार्यक्रममा सन्तानबारे सोधिएको प्रश्नमा रेखाले भनिन् –‘भर्खर त म १६ वर्षकी भएँ । म अलि धार्मिक भएकाले जुर्नु पनि पर्छ भनिन्छ ।

यद्यपि, फिल्म र सन्तान भान्जा भान्जी सम्भवतः सँगसँगै देख्न सक्नुहुन्छ ।’आफ्नो पहिलो प्राथमिकतामा फिल्म नै हुने रेखाको भनाई छ । आफूले फिल्म खेले पनि वा नखेले पनि फिल्म बनाउने उनको भनाई छ । कार्यक्रममा उनले ‘ह्यारीकी प्यारी’ राम्रो बनेको विश्वास समेत व्यक्त गरिन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment