प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृहजिल्ला चितवन आउँदै छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक आज चितवन आउन लागेका हुन् । उनी गोरखा–२ बाट निर्वाचित भएपनि उनको गृहजिल्ला चितवन हो ।
नारायणी नमुना माविको हिरक महोत्सवको उद्घाटन गर्न उनी गृहजिल्ला आउन लागेका हुन् । बुद्ध एयरको ८ः२० बजेको फ्लाइटमा चितवन आउने बताइएको छ । नारायणी नमुना माविमा ११ बजे हिरक महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउने भएपछि सडक धोएर सफा गरिएको छ ।
विरेन्द्र क्याम्पस चोकदेखि दीपेन्द्रचोक सम्मको सडक सफा गरिएको हो । प्रचण्डको स्वागतका लागि आज बिहानै महानगरपालिकाको बारुणयन्त्रमा पानी ल्याएर सडकमा पानीको फोहोराले सफा गरिएको छ । नारायणी माविको हिरक महोत्सवको उद्घाटन गर्न प्रचण्ड चितवन आउन लागेका हुन् ।
उनको सुरक्षाका लागि भरतपुरका सडकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नारायणी मावि र चोक–चोकमा सुरक्षाकर्मी तै’ नाथ छन् ।उता र्सा जिल्लाबाट बसाइ सरेर चितवन तथा नवलपुर जिल्लाका विभिन्न भूभागमा बसोवास गर्नेहरुको संस्था पर्सा–चितवन–नवलपुर सम्पर्क समाजको अध्यक्षमा अधिवक्ता अनिल पौडेल चयन भएका छन् ।
शुक्रबार भरतपुरमा सम्पन्न पहिलो भेलाले पौडेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा देवनारायण भारती, सचिवमा रामशरण गैरे, सह–सचिवमा शालिकराम बास्तोला, कोषाध्यक्षमा दुर्गा ढकाल दुवाडी र सदस्यहरुमा शिव बास्तोला, भरत धरेल, अनिल बानिया, सञ्जय क्षेत्री, कल्पना क्षेत्री,
सम्झना भण्डारी, अर्जुन सुवेदी, शैलेन्द्रकुमार राम, विमला आचार्य खनाल, कृष्णप्रसाद आचार्य, कृष्णप्रसाद अधिकारी र उत्तम अधिकारी रहेका छन् ।यसैगरी भेलाले केशव पौडेल, नारायण आचार्य, जगनाथ आचार्य, कुलप्रसाद दवाडी, ईश्वरचन्द्र पौडेल, सुशीला आचार्य, दयाराम आचार्य, परशुराम अर्याल, भक्तिराम अर्याल र झलकराम पौडेल रहेको सल्लाहकार समिति गठन गरेको छ ।
पर्सा–चितवन नवलपुर सम्पर्क समाजले आगामी दिनमा सामाजिक कार्यमा अग्रसर रहँदै सुखदुःखमा पर्सा जिल्लाबाट चितवन र नवलपुर पूर्वमा रहेका महानुभावलाई हरेक क्षेत्रमा साथ र सहयोगका निमित्त हातेमालो गरेर अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष पौडेलले बताए ।
Leave A Comment