Latest
img

लेस्टर सिटीले आफ्नै पोस्टमा भकाभक गोल गर्दा लिभरपुल बिजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा उपहार गोलमा भाग्य चम्किँदा लिभरपुलले लेस्टर सिटीमाथि महत्त्वपूर्ण जित निकालेको छ । गत राति भएको सिजनको १६औं खेलमा लिभरपुलले २ वटा उपहार गोलको मदतमा भ्रमणकारी टोली लेस्टर सिटीलाई २–१ ले हरायो ।

लेस्टरका डिफेन्डर ओउट फाइसले एकै खेलमा आफ्नै पोस्टमा २ गोल गरेपछि लिभरपुलको जित पक्का भयो । लिभरपुलले खेलमा एकतर्फी पकड राखे पनि आफूले भने १ गोल पनि गर्न सकेन । खेलको चौथो मिनेटमै गोल खाएपछि दबाबमा परेको लिभरपुलले २ उपहार गोल पायो ।

लेस्टरले खेलको चौथो मिनेटमै गोल गरेर लिभरपुलको घरेलु मैदानमा अग्रता लिएको थियो । कियर्नानले उत्कृष्ट गोल गरेका थिए । तर, लेस्टरले त्यसलाई बचाउन सकेन । पहिलो हाफमै लेस्टरले आफ्नै पोस्टमा २ गोल हानेपछि खेलको स्थिति अर्के भयो ।३८औं मिनेटमा डिफेन्डर ओउटले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गरे ।

लिभरपुलका अर्नोल्डले माथिल्लो विङबाट हानेको प्रहारलाई बक्स नजिकै रहेका ओउटले रोक्न खोज्दा रिफ्लेक्ट हुँदै गएको बल गोलमा परिणत भएको थियो ।त्यसपछि पहिलो हाफको अन्तिम समय ४५औं मिनेटमा फेरि ओउटले दोस्रोपटक आफ्नै पोस्टमा गोल हाने ।

यसपटक डार्विन नुनेजले हानेको प्रहार रोक्न पोस्टअघि पुगेका ओउटको घुँडामा बल ठोक्किएर गोलमा परिणत भयो । उनले बलको दिशा पहिल्याउन नसक्दा पोलमा लागेर फर्किएको बलले जाली चुमेको थियो । र, उनले पहिलो हाफभित्रै आफ्नै पोस्टमा २ गोल

गरेपछि लिभरपुलले खेलमा अग्रता पायो । त्यसपछि दोस्रो हाफमा दुवै तर्फबाट थप गोल नहुँदा खेल लिभरपुलले २–१ ले जित्यो ।यस खेलमा लिभरपुलले जम्मा ५८ प्रतिशत बल पोजिसन राख्दा जम्मा २१ पटक सट प्रहार गरेकोमा ५ सट अन टार्गेट रहेका थिए ।

अब यो जितपछि लिभरपुल १६ खेलपछि २८ अंक जोडेर छैटौं स्थानमा चढेको छ । लिभरपुल पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १ अंकले पछि छ । पराजित लेस्टर १७ अंकका साथ १३औं स्थानमा रहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment