Latest
img

‘नआत्तिनु उद्दारको प्रयास भइरहेको छ भनेको थिएँ’ पछि झ्यालबाट हा’ मफाल्नु भएछ’

काठमाडौं । कम्बोडियामा आफू बसेको होटलमा आगलागी भएपछि झ्यालबाट हा’म फालेका झापाका निराकर पाण्डेले ज्यान गुमाउनुअघि परिवारदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सम्पर्क गरेको पाइएको छ ।उनले आगलागी सुरु

भएपछि एनआरएनए कम्बोडिया शाखाका अध्यक्ष लालसिंह खड्कालाई सम्पर्क गरेका थिए । ‘उहाँले सुरुमै दाइ मेरो श’ व घरसम्म पुर्‍यादिनु होला भन्नु भएको थियो’, खड्काले भने, ‘मैले नआत्तिनु उद्धारका लागि प्रयास भइरहेको छ भनेको थिएँ । पछि झ्यालबाट हाम फाल्नु भएछ ।’

बीबीसीका अनुसार स्थानीय समय अनुसार बिहीबार राति ११ बजेदेखि उनी बसेको होटल क्यासिनोमा आगलागी सुरु भएको थियो । ‘आगलागी भएपछि उहाँले परिवार र हामीलाई जानकारी गराउनु भएको थियो, मैले नआत्तिन भनेको थिएँ’, खड्काले भने, ‘समन्वय गर्दा गर्दै उहाँ हा’ म फाल्नु भएछ ।’

उनले घटनास्थलमा रहेका २०/२५ भन्दा बढी श’ वहरू अझै निकाल्न बाँकी रहेको पनि बताए । ‘हाम्रो सम्पर्कमा आएको व्यक्ति कोही पनि हुनुहुन्न, अब हामीसँग पासपोर्ट पनि नभएकाले को हुनुहुन्थ्यो भनेर अनुमान गर्न पनि गाह्रो छ’, उनले भने, ‘यद्यपि, बुझिरहेका छौं ।’

पाण्डेको हकमा चाहिँ मृ’ त्यु भएको पुष्टि भएको बताउँदै उनले श’ वलाई घर पठाउनका लागि समन्वय भइरहेको बताए ।अहिले पासपोर्टसहितका सामग्री साथीहरुले लिएको बताउँदै उनले भने, ‘शव पनि जिम्मा लिएका छौं ।’ पाण्डेका झापास्थित साथी दिनेश सिलवालले पनि

श’ वलाई नेपाल ल्याउन थाइल्याण्डस्थित नेपाली दूतावासमार्फत पहल थालिएको बताएका छन् ।भवनमा भएको आगलागीका क्रममा १९ जनाको मृ’ त्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।क्यासिनको तल्लो तलबाट आगलागी सुरु भएपछि मानिसहरू माथिल्लो तलातर्फ गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले सार्वजनिक गरेको भिडियोहरूमा देखिएको ।

यसरी मृ’ त्युको मुखमा पुगेपछि पाण्डेले आफ्नो घर परिवार सम्झिए । उनले झापा घरपरिवारमा भिडियो कल गरे । सार्वजिनक भिडियो कलमा आफ्ना ९ वर्षीय छोरालाई सम्झाएको देखिन्छ । उनले भनेका छन्, ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अलवेज लभ्स यू ।

जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है, बाबु है। आर्मन इज द बेष्ट है सानु । अब सुन है। मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है। लमजुङ बुबा मामुलाई माया गर्नू । सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा ।’

उनले मामा माइजुलाई पनि माया गर्न भनेका छन् । उनले अगाडि छोरालाई भनेका छन्, ‘कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न ।आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा । अनि त्यसपछि विशेष गरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाउनू ।माइजुहरू
लाई चित्त नदुखाउनू ।

उहाँहरूले धेरै गर्नुभएको छ, माइजुहरूले । लमजुङ बुबा आमाले पनि धेरै गर्नुभएको छ। है सानु तिमी धेरै ठूलो मान्छे बन्नू । ज्ञानी हुनू । अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौ । है उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु उसले मलाई दाजु भन्छ ।

उसलाई एकदम रेस्पेक्ट गर्नू, है बाबु । भोलिका दिनमा तिमीले उसैलाई सहयोग गर्छ है बाबु। राम्रो मान्छे बन्नू। कसैलाई चिट गर्नुहुन्न छोरा। मैले जे जति दुःख गरेँ, हुन्छ कि भनेर कोसिस गरेँ छोरा। मैले सकिनँ ।’ परिवारलाई सम्झाएपछि उनले बाँच्ने आशा मारेर होटलको १२ औँ तलाबाट हा’ मफाले ।

हामफाल्दा उनको मृत्यु भएको उनका आफन्तहरूले पुष्टि गरेका छन् । उनको शव ल्याउने नेपाल ल्याउने प्रयास भइरहेको छ । थाइल्यान्डस्थित नेपाल राजदूतावासको समन्वयमा उनको शव ल्याउने प्रयास भइरहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment