Latest
img

पिकनिक गएका युवाबीच खु’ कुरी हानाहान

गुल्मी– गुल्मीको मदाने गाउँपालिका ६ स्थित पर्यटकीयस्थल क्वान्के देउरालीमा पिकनिक खान गएका युवाहरुबीच खु’ कुरी हा’ नाहान भएको छ। दुई समूहबाट पिकनिक खान गएका युवाहरुबीच विवाद हुँदा खु’ कुरी हा’ नाहान भएको हो।

वनभोज खाने क्रममा विवाद हुँदा गुल्मीको पर्कोटदहमा एक युवामाथि सां’ घातिक आ’ क्रमण गरिएको हो। मदाने गाउँपालिका– ६ पुर्कोट दहका १८ वर्षीया सन्तोष कुँवरमाथि आ’ क्रमण भएको हो गुल्मी प्रहरीले जनाएको छ। स्थानीय कन्के देउरालीमा वनभोज खान गएका मदाने– ६ कै ३३ वर्षीय

रमेश परियारले कुवरलाई सां’ घातिक आ’ क्रमण गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख अर्जुन रानाभाटले जानकारी दिए। खु’ कुरी प्र’ हारबाट स्थानीय १८ वर्षीय सन्तोष कुवँको दाइने हातमा ग’ म्भीर चोट लागेको छ। उनको अहिले अर्घाखाँचीको सन्धिखर्कमा उपचार भइरहेको प्रमुख प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिए।

मासु का’ ट्न लगेको खु’ कुरी प्रयोग भएको प्रहरीले जनाएको छ। खु’ कुरी प्र’ हार गर्ने मदाने ६ पुर्कोटदहका ३३ वर्षीय रमेश परियार र झिमरुक गाउँपालिका ४ बांगेमरोठ प्यूठानका १८ वर्षीय प्रशान्त परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख रानाभाटले बताए।

यो पनि – इस्वी सम्वत् २०२३ को पूर्व सन्ध्यामा यहाँस्थित पर्यटकीय क्षेत्रका होटल भरिन सुरु गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको सौराहा, पटिहानी, मेघौलीलगायतका क्षेत्रका ठूला होटल भरिएका छन् । साना होटल पनि साँझसम्म भरिने व्यवसायी बताउँछन् ।

अङ्ग्रेजी नयाँ वर्षका अघिल्ला दुई दिन सार्वजनिक बिदा परेकाले घुम्न रुचाउनेका लागि उपयुक्त समय बनेको छ । नारायणगढ मुग्लिन सडकखण्ड दिउँसोमा बन्द हुने हुँदा केही प्रभावित भए पनि बिहान बेलुकाको समयमा आन्तरिक पर्यटक धेरै आएको व्यवसायी बताउँछन् ।

सौराहाका निजी हात्ती सञ्चालन गर्ने सामूहिक सहकारी युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले दुई दिनयता हात्ती र जीप भरिएको जानकारी दिनुभयो । साँझसम्ममा सबै होटल भरिने उहाँको अनुमान रहेको छ । उहाँले भन्नुभयो, “यो नयाँ वर्षमा पर्यटकको राम्रो उपस्थिति रहेको छ ।”

सौराहामा दुई वटा होटल सञ्चालन गर्दै आउनुभएका माधव दुवाडी दुई दिनयता दुवै होटल भरिएको बताउनुहुन्छ । होटल सेभेन स्टारमा आज साङ्गीतिक कार्यक्रम रहेको भन्दै उहाँले अर्को होटेल पनि भरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ नयाँ वर्षमा आन्तरिक पर्यटकको राम्रो उपस्थिति रहेको छ ।”

क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया अधिकांश होटल भरिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नयाँ वर्ष मनाउन आउने पर्यटकको सङ्ख्या राम्रो छ ।” विगत वर्षमा जस्तो सडकमा पर्यटक नभरिए पनि होटलमा राम्रो भएको उहाँको भनाइ छ ।

पटिहानी र मेघौलीका होटल पनि पर्यटकले भरिएका छन् । मेघौलीको वाइल्ड लाइफ सेञ्चुरीका सुबोध प्रधानले दुई दिनयता होटल भरिएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको नयाँ वर्ष पर्यटकको उपस्थिति राम्रो छ ।” जङ्गल भिल्ला पटिहानीका सञ्चालक गणेश पौडेलले दुई दिनयता भारतीय र नेपाली पर्यटकले होटल भरिएको जानकारी दिनुभयो ।

क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईले क्रमश पर्यटक बढ्दै गएको साँझसम्ममा होटल भरिने अपेक्षा छ भन्नुभयो । सौराहाका सबै होटललाई समग्रमा हेर्दा शुक्रबार झण्डै आधा भरिएको उहाँको भनाइ छ । घुम्न आउनेले पाएसम्म राम्रा होटल खोज्छन् । सङ्घको सदस्यमा साना होटल धेरै छन् । क्रमशः ती होटल पनि भरिने क्रममा रहेका छन् ।

पर्यटक बढेपछि निकुञ्ज आसपासका रेष्टुराँ पनि भरिएका छन् । सौराहामा एक सय २० होटल क्षेत्रीय होटल सङ्घमा आबद्ध छन् । सङ्घमा दर्ता नभएका अरु साना होटल पनि रहेका छन् । भट्टराईका अनुसार सौराहामा आठ हजार पर्यटक अट्न सक्ने क्षमता छ ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा हात्ती सफारी, जीप सफारी, डुङ्गा सयर, पैदल यात्रा गरेर दुर्लभ बाघ, गैँडाजस्ता वन्यजन्तु हेर्न यहाँ पर्यटक आउने गर्दछन् । थारु संस्कृति हेर्न पर्यटक रुचाउँछन् । कोभिडका कारण थला परेको पर्यटन व्यवसाय उठ्ने अपेक्षामा व्यवसायी रहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment