आधुनिक युगमा प्रेम र ब्रेकअप, विवाह र डिभोर्स सामान्य बनिसकेको छ । झन् कलाकारको यस्ता किस्सा त वर्षमा फिल्मभन्दा बढी रिलिज हुन्छन् । कुनै कलाकारले प्रेम सम्बन्ध सार्वजनिक गरे भने टिकाउ मितिको जोडघटाउ नै सुरु हुन थाल्छ ।
हुन पनि प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका ज्यादै कम कलाकारहरु छन् ।प्रायःको केही वर्षमा नै प्रेमको रंग फिक्का हुन थाल्छ ।पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशीलाई नै हेरौं । फिल्म र प्रेम सम्बन्ध दुवै उनलाई फाप्न सकेको छैन ।फिल्म ‘ऋतु’बाट
अभिनेत्रीमा डेब्यू गरेकी उनी केही वर्ष अभिनेता अनुपविक्रम शाहीको प्रेममा रहिन् । पछि उनीहरु छुटिए । त्यसपछि मलिनाको जिम ट्रेनर सुशान्त प्रधानको माया बस्यो । उनीहरु बिहेको योजनामा समेत थिए । तर, अब दुवै एकअर्काबाट अलग भएका छन् ।
हालै एक अवार्ड कार्यक्रममा सहभागी भएकी अभिनेत्री जोशीले सुशान्तसँग ब्रेकअप हुनुको कारण खुलाएकी छन् । उनले भनेकी छन्, ‘एउटा पब्लिक फिगरले प्रेम सम्बन्ध सार्वजनिक गर्दा सधैंभरी होस् भन्ने सोचले नै गर्छ । तर, समय वित्दै जाँदा धेरै कुरा थाहा हुने रहेछ ।
कहिले काहिँ एकअर्कामा धेरै भिन्नताहरु देखिने रहेछ । अन्य कुराहरु पनि छन्, जसले गर्दा हामी अलग भएका हौं ।’उनले प्रेम सम्बन्ध टुटे पनि आफूले सुशान्तको सधैं भलो चाहने बताएकी छन् । ‘उसको सयौं सपना होस् र सबै पूरा होस् । उसको पोडकास्ट एकदमै पपुलर होस् ।
उसको स्वस्थ्य सधैं राम्रो होस्,’ उनले भनेकी छन् । सुशान्तसँग प्रेममा रहँदा मलिना दिनहुँ जिम धाउँथिन् । तर, अहिले जिम जान छाडेको उनको भनाई छ । उनी अभिनीत फिल्म ‘छक्का पञ्जा ४’ फागुन १९ गते रिलिज हुँदैछ ।
Leave A Comment