Latest
img

सेना र प्रहरिलाइ पनि छोडेनन बालेनले, दिए १० दिने अल्टिमेटम (सेना र प्रहरीबिच ठूलो तनाव)

काठमाडौं –

काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन आग्रह गरेको छ ।

नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको बहाल कर बुझाउन आग्रह गरेको हो ।

महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले पत्र लेखी पटक पटक ताकेता गर्दा पनि हालसम्म

बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन अनुरोध गरेका छन् ।

अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने पत्रमा उल्लेख गरिएको छ ।

काठमाडौं महानगरपालिकाले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर,

शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला,

सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहालकर तिर्न पत्राचार गरेको छ ।

हेर्नुहोस् पत्र

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment