Latest
img

बेलैमा उद्धार भएको भए कम्बोडियामा निराकारले ज्यान गुमाउनु पर्दैनथ्यो

झापा । कम्बोडियास्थित ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा शुक्रबार भएको भीषण आगलागीमा मृ’ त्यु भएका झापाको बिर्तामोड नगरपालिका-१ का ४० वर्षीय निराकार पाण्डेको बेलैमा उद्धार नहुँदा मृ’ त्युवरण गर्नुपरेको परिवारले गुनासो गरेका छन् ।

तीन महिनाअघि पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड गएका उनी घुमफिरकै क्रममा कम्बोडियाको सीमावर्ती सहर पोइपेट पुगेका थिए । शुक्रबार राति उनी बसेको होटलमा भीषण आगलागी भएको थियो । मृतकका बुबा एवम् विर्तामोड-१ का वडाध्यक्ष अग्नि पाण्डेले होटलको १२औँ तलाको कोठामा बास बसेको बेला दुःखद घटना भएको बताए ।

बेलैमा उद्धार नहुँदा छोराले मृ’ त्युवरण गर्नुपरेको उनले गुनासो गरे । बिहीबार राति साढे ११ बजेतिर होटलमा आगलागी सुरु भएको र शुक्रबार बिहान साढे ४ बजेपछि छोरासँग सम्पर्क विच्छेद भएको उनले जानकारी दिए ।थाइल्यान्डको राजधानी बैंककस्थित नेपाली राजदूतावासले मृतकको शवको तस्बिर नेपालस्थित मृ’ तकका आफन्तलाई पठाएर शवको सनाखत गरिसकेको छ ।

हाल कम्बोडियामै रहेको शवलाई नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालय र बैंककस्थित नेपाली राजदूतावासमार्फत कूटनीतिक पहल भइरहेको मृ’ तकका बुबा अग्निले जानकारी दिए ।पारिवारिक स्रोतका अनुसार गत कात्तिक २१ गते निराकार घुमफिरका लागि थाइल्यान्ड गएका थिए । उनी केही दिनमै नेपाल फर्किने तयारी थियो ।

यही पुस १५ गते बिहान आगलागी भइरहेको होटलको १२औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हा’ मफाल्दा मृ’ त्यु भएको थियो । आगलागी सुरु भइसकेपछि करिब चार घण्टाको अवधिमा उनले आफू आगलागीका कारण अप्ठेरोमा फसेको भन्दै काठमाडौंस्थित आमा र झापास्थित बुबालाई समेत भिडियो फोन गरेर बाँच्नका लागि १२औँ तलामाथिको झ्यालबाट हा’ म फाल्नुपर्ने अवस्थामा पुगेको जानकारी दिएका थिए ।

परिवारले उनलाई उद्धारको पर्खाइमा धैर्य गर्न बारम्बार सुझाव दिएको उनका भाइ निश्चल पाण्डेले बताए । घटनामा उद्धारको प्रयास नभएपछि बाँच्नका लागि हा’ मफाल्दा निराकारको ज्यान गएको पाण्डेले बताए। घटना भएका बेला मृ’ तकका बुबा अग्नि र साइलो भाइ झापाको बिर्तामोडस्थित निवासमा थिए भने आमा र कान्छो भाइ काठमाडौंस्थित निवासमा थिए।

‘बास बसेको होटलमा आगलागी भयो, धुवाँ फैलिँदै गइरहेको छ भन्दै भिडियो कल गरेको थियो’, मृ’ तकका बुबा अग्निले शुक्रबार रातिको अवस्थाबारे जानकारी दिँदै भने, ‘राति करिब चार घण्टासम्म फोन र भिडियोमा सम्पर्क भइरहेको थियो, हामीले उद्धार गरेर बचाउन आउँछन्, धैर्य गर् छोरा भनेर ढाडस दिइरह्यौँ । तर साढे ४ बजेदेखि फोन सम्पर्क टुट्यो ।’

कम्बोडियामा रहेका नेपाली र बैंककस्थित राजदूतावासका अधिकारीहरुले आगलागीबाट बाँच्नका लागि होटलको १२ तलाबाट हा’ मफाल्दा चोटपटक लागेर मृ’ त्यु भएको जानकारी दिएको उनले बताए । युवा व्यवसायी निराकारको कम्बोडियामा आफु बसेको होटलमा भएको आगलागीबाट ज्यान जोगाउन हा’ मफल्दा मृ’ त्यु भएको खबर फैलिएपछि बिर्तामोड शो’ काकुल बनेको छ ।

स्थानीयवासी मृ’ तकको घरमा भेला भएका छन् । झापामा रहेका मृ’ तकका बुबा अग्नि घटना सुनेलगत्तै काठमाडौं गएका छन् । काठमाडौंमा मृ’ तकका आमा र अरू भाइहरु रहेका छन् ।झापाको घरमा रहेका मृ’ तकका साइला भाइ निश्चलले कम्बोडियाको पर्यटकीय क्षेत्रमा समेत विपत्का बेला उद्धारको

भरपर्दो कुनै प्रबन्ध नभएकामा गहिरो खेद व्यक्त गरे । ‘चार घण्टाभन्दा बढी अवधिसम्म दाजु निराकारले उद्धार पर्खिएर बस्नुभयो, कुनै आश बाँकी नरहेपछि बाँच्नका लागि १२औँ तलाबाट हा’ मफाल्नु प¥यो’, उनले भने, ‘बेलैमा उद्धार हुन सकेको भए दाजु बाँच्नु हुन्थ्यो ।’ पर्‍यो

संगीतकार शिवशंकर थापाले अकल्पनीय घटनाले विर्तामोडबासी स्त’ ब्ध भएको बताए । मृ’ तक संगीतकार थापाका छिमेकी हुन् । ‘सानैदेखि असल र मिहेनती स्वभावको हुनुहुन्थ्यो निराकार भाइ’, थापाले भने, ‘भरपर्दो उद्धारको व्यवस्थासमेत देखिएन, मृ’ तकले झ्यालमा बसेर बोलेको भिडियोले संसारभरिका नेपालीलाई स्तब्ध बनाएको छ ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment