Latest
img

देउवाले दिए रवि लामिछानेलाई बधाई, निर्मला पन्तको मुद्दाबारे निर्णयमा खुसी व्यक्त

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेकोमा बधाई दिएका छन् ।देउवाले शनिबार लामिछानेलाई बधाई दिएको उपप्रधानमन्त्री लामिछानिको प्रमुख स्वकीय सचिव दीपक बोहोराले जानकारी दिएका छन् ।

सो अवसरमा देउवाले निर्मला पन्तको मुद्दामा पहल गर्ने पहिलो निर्णय गरेकमा पनि खुसी व्यक्त गरेको बोहोराले बताए । यता गृहमन्त्री रवि लामिछानेले श्रीमती निकिता पौडेलको जन्मदिनको अवसरमा भावुक स्ट्याटस लेख्दै शुभकामना दिएका छन् । शुभकामना दिने क्रममा लामिछानेले निकिताले आफ्नो सफलताको लागि सयौं सपना लुकाएको उल्लेख गरेका छन् ।

निकिताले पारिवारिक विरासतदेखि उच्च ओहोदाको सरकारी अनुभव हुँदा हुँदै आफ्नै सफलतालाई लक्ष्य बनाएको लामिछानेले बताएका छन् ।जन्मदिनको शुभकामना दिँदै सामाजिक सञ्जालमा लामिछानेले लेखेकमा छन्-‘मलाई थाहा छ, मेरो सफलताको लागि तिमीले आफ्ना कयौं सपना कतै लुकाएकी छौ।

आफ्नो परिवारको त्यति ठूलो ब्यापारीक विरासत, विश्व विख्यात युनिभर्सिटीको उच्च शैक्षिक योग्यता,उच्च अहोदाको सरकारी सेवा अनुभव, १५ वर्षदेखि एक प्रख्यात संचार माध्यमको संचालन जस्ता कयौं योग्यता र क्षमता आफैसँग हुदाहुदै पनि मेरै सफलतालाई तिमीले आफ्नो लक्ष बनायौ । आज तिम्रो जन्मदिनको अवसरमा म तिम्रो सु–स्वास्थ्य र दीर्घायुको कामना गर्दछु । सबै देवी देवताले तिम्रो रक्षा गरून्।’

यसैबीच गृहमन्त्री रवि लामिछानेले सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन प्रधानमन्त्रीसँग छलफल गरेका छन् ।आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्री लामिछानेले आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउन भन्दै छलफल चलाएका हुन् ।

हाल सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गरिएको छ ।साथै भेटका क्रममा कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखी स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

तराईमा शीत लहर र हिमाली क्षेत्रमा हिमपातको व्यवस्थापन सहज रुपमा गर्न आवस्यक तयारी गर्ने विषयमा पनि छलफ भएको छ ।भेटका क्रममा गृहमन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्रालयसँग समन्वय गरी काम अघि बढाउने बताएका छन् ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ ।ओली निवास बालकोटमा शनिबार विहान भेट भएको लामिछानेका सचिवालय संयोजक दीपक बोहराले जानकारी दिए ।एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको समर्थनमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेको छ ।

मन्त्रिपरिषद विस्तार र अन्य राजकीय पदहरुमा भागवण्डा बाँकी नै छ । सरकारलाई समर्थन गर्ने दलहरुले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम ल्याउने सहमति पनि गरिसकेका छन् ।सरकार सञ्चालनका लागि सरकारलाई समर्थन गर्ने दलहरुको उच्चस्तरीय संयन्त्रको संयोजक एमाले अध्यक्ष ओली रहेका छन् ।

यही सन्दर्भमा ओली र प्रमुख सत्तारुढ घटक रास्वपा सभापतिसमेत रहेका लामिछानेबीच भेटवार्ता भएको हो ।भेटमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारका कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल भएको लामिछानेका सचिवालय संयोजक बोहराले बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment