Latest
img

अम्बानीका कान्छो छोराको बिहेमा १० मिनेट गित गाएको भारतीय गायकले लिए डेढ करोड

काठमाडौं । अर्बपति मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीको इन्गेजमेन्टमा १० मिनेट प्रस्तुति दिएर भारतीय गायक मिका सिंहले डेढ करोड भारतीय रुपैयाँ लिएका छन् ।भारतीय सञ्चार माध्यमका अनुसार अनन्तले २९ डिसेम्बरमा राधिका मर्चेन्टसँग इन्गेजमेन्ट गरेका थिए ।

उक्त समारोहमा धेरै बलिउड सेलिब्रेटीहरु सहभागी भएका थिए । गायक मिकाले त्यस साँझमा आफ्ना गीतहरूले समारोहमा उपस्थित मानिसहरूलाई मोहित बनाए । उनले उक्त समारोहमा १० मिनेट मात्रै प्रस्तुती दिएका थिए । तर, त्यसका लागि उनले डेढ करोड भारतीय रुपैयाँ लिएका हुन् ।

अम्बानी परिवारमा हुने जुनसुकै समारोहमा पनि मिका प्रायः प्रस्तुती दिइरहेका देखिन्छन् । मुकेशका जेठा छोरा आकाश अम्बानी र छोरी ईशा अम्बानीको बिहेमा पनि मिकाले आफ्नो प्रस्तुती दिएका थिए ।अनन्तको एन्कोर हेल्थकेयरका सीईओ वीरेन मर्चेन्टकी

छोरी राधिकासँग इन्गेजमेन्ट राजस्थानमा भएको हो । राजस्थानको श्रीनाथजीमा दुवै परिवार र नजिकका आफन्तहरूको उपस्थितिमा उनीहरूको इन्गेजमेन्ट भएको हो ।इन्गेजमेन्टपछि त्यसको सेलिब्रेशन मुकेश अम्बानीको घर एन्टिलामा राखिएको थियो । उक्त समारोहमा

मनोरञ्जन, व्यापार र राजनीति जगतका धेरै प्रसिद्ध व्यक्तित्वहरू सहभागी थिए । जसमा सलमान खान, शाहरुख खान, रणवीर कपुर, आलिया भट्ट, रणवीर सिंह, जान्हवी कपूर, अयान मुखर्जीलगायत फिल्म उद्योगका धेरै कलाकारहरु सहभागी भएका थिए ।

यो पनि – बलिउड अभिनेता ऋतिक रोशन र सैफ अली खान अभिनित फिल्म ‘विक्रम बेधा’ गत सेप्टेम्बरमा रिलिज भएको थियो । दुई ठूला स्टारको अभिनयका बाबजुद पनि फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप भयो । फिल्म असफलताको लामो समयपछि ऋतिकले मुख खोल्दै ‘विक्रम वेधा’मा काम गर्दा पछुतो लागेको उल्लेख गरेका छन् ।

‘फिल्म विक्रम बेधाले बक्सअफिसमा मेरो आशाको हिसाब विपरित प्रदर्शन गर्यो । यो असफल हुँदा यसले मभित्र केही न केही हलचल पैदा गरेको छ,’ ऋतिक भन्छन्, ‘यो फिल्मको असफलताबाट मैले के सिके भन्ने कुराको महशुस मलाई पछि होला ।तर, एउटा कुरा के तय भएको छ भने मेरा प्रशंसकले मलाईँ एकै किसिमको भूमिकामा हेर्न चाहेका रहेछन् ।

यो पटक मैले केही अलग गर्न चाहें, जुन कुरा दर्शकले चाहेनन् ।’फिल्ममा ऋतिक बेधा नामको भिलेन चरित्रमा थिए । जसको प्रशंसा समीक्षकसँगै दर्शकले पनि गरेका थिए । ‘मैले निभाएको चरित्रलाई दर्शकले मनपराएनन् । अब मैले सोचेर बुझेर स्क्रिप्ट र चरित्र छान्नुपर्ने भएको छ ।

यस्तो फिल्म गर्न अब म दुई पटक सोच्नेछु’, उनले भनेका छन् । महंगो बजेटको यो फिल्मले बक्सअफिसमा केवल ७९ दशमलब ५३ करोडको मात्र व्यापार गरेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment