Latest
img

निराकारको मृ’ त्युपछि उनका बुबाले दिएको प्रतिक्रियाले लाखौं नेपालीका आखाँ रसाए

कम्बोडियास्थित ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा शुक्रबार भएको भीषण आगलागीमा मृ’ त्यु भएका झापाको बिर्तामोड नगरपालिका-१ का ४० वर्षीय निराकार पाण्डेको बेलैमा उद्धार नहुँदा मृ’ त्युवरण गर्नुपरेको परिवारले गुनासो गरेका छन् ।

तीन महिनाअघि पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड गएका उनी घुमफिरकै क्रममा कम्बोडियाको सीमावर्ती सहर पोइपेट पुगेका थिए । शुक्रबार राति उनी बसेको होटलमा भीषण आगलागी भएको थियो । मृतकका बुबा एवम् विर्तामोड-१ का वडाध्यक्ष अग्नि पाण्डेले होटलको १२औँ तलाको कोठामा बास बसेको बेला दुःखद घटना भएको बताए ।

बेलैमा उद्धार नहुँदा छोराले मृ’ त्युवरण गर्नुपरेको उनले गुनासो गरे । बिहीबार राति साढे ११ बजेतिर होटलमा आगलागी सुरु भएको र शुक्रबार बिहान साढे ४ बजेपछि छोरासँग सम्पर्क विच्छेद भएको उनले जानकारी दिए ।थाइल्यान्डको राजधानी बैंककस्थित नेपाली राजदूतावासले मृतकको शवको तस्बिर नेपालस्थित मृ’ तकका आफन्तलाई पठाएर शवको सनाखत गरिसकेको छ ।

हाल कम्बोडियामै रहेको शवलाई नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालय र बैंककस्थित नेपाली राजदूतावासमार्फत कूटनीतिक पहल भइरहेको मृ’ तकका बुबा अग्निले जानकारी दिए ।पारिवारिक स्रोतका अनुसार गत कात्तिक २१ गते निराकार घुमफिरका लागि थाइल्यान्ड गएका थिए । उनी केही दिनमै नेपाल फर्किने तयारी थियो ।

यही पुस १५ गते बिहान आगलागी भइरहेको होटलको १२औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हा’ मफाल्दा मृ’ त्यु भएको थियो । आगलागी सुरु भइसकेपछि करिब चार घण्टाको अवधिमा उनले आफू आगलागीका कारण अप्ठेरोमा फसेको भन्दै काठमाडौंस्थित आमा र झापास्थित बुबालाई समेत भिडियो फोन गरेर बाँच्नका लागि १२औँ तलामाथिको झ्यालबाट हा’ म फाल्नुपर्ने अवस्थामा पुगेको जानकारी दिएका थिए ।

परिवारले उनलाई उद्धारको पर्खाइमा धैर्य गर्न बारम्बार सुझाव दिएको उनका भाइ निश्चल पाण्डेले बताए । घटनामा उद्धारको प्रयास नभएपछि बाँच्नका लागि हा’ मफाल्दा निराकारको ज्यान गएको पाण्डेले बताए। घटना भएका बेला मृ’ तकका बुबा अग्नि र साइलो भाइ झापाको बिर्तामोडस्थित निवासमा थिए भने आमा र कान्छो भाइ काठमाडौंस्थित निवासमा थिए।

‘बास बसेको होटलमा आगलागी भयो, धुवाँ फैलिँदै गइरहेको छ भन्दै भिडियो कल गरेको थियो’, मृ’ तकका बुबा अग्निले शुक्रबार रातिको अवस्थाबारे जानकारी दिँदै भने, ‘राति करिब चार घण्टासम्म फोन र भिडियोमा सम्पर्क भइरहेको थियो, हामीले उद्धार गरेर बचाउन आउँछन्, धैर्य गर् छोरा भनेर ढाडस दिइरह्यौँ । तर साढे ४ बजेदेखि फोन सम्पर्क टुट्यो ।’

कम्बोडियामा रहेका नेपाली र बैंककस्थित राजदूतावासका अधिकारीहरुले आगलागीबाट बाँच्नका लागि होटलको १२ तलाबाट हा’ मफाल्दा चोटपटक लागेर मृ’ त्यु भएको जानकारी दिएको उनले बताए । युवा व्यवसायी निराकारको कम्बोडियामा आफु बसेको होटलमा भएको आगलागीबाट ज्यान जोगाउन हा’ मफल्दा मृ’ त्यु भएको खबर फैलिएपछि बिर्तामोड शो’ काकुल बनेको छ ।

स्थानीयवासी मृ’ तकको घरमा भेला भएका छन् । झापामा रहेका मृ’ तकका बुबा अग्नि घटना सुनेलगत्तै काठमाडौं गएका छन् । काठमाडौंमा मृ’ तकका आमा र अरू भाइहरु रहेका छन् ।झापाको घरमा रहेका मृ’ तकका साइला भाइ निश्चलले कम्बोडियाको पर्यटकीय क्षेत्रमा समेत विपत्का बेला उद्धारको

भरपर्दो कुनै प्रबन्ध नभएकामा गहिरो खेद व्यक्त गरे । ‘चार घण्टाभन्दा बढी अवधिसम्म दाजु निराकारले उद्धार पर्खिएर बस्नुभयो, कुनै आश बाँकी नरहेपछि बाँच्नका लागि १२औँ तलाबाट हा’ मफाल्नु प¥यो’, उनले भने, ‘बेलैमा उद्धार हुन सकेको भए दाजु बाँच्नु हुन्थ्यो ।’ पर्‍यो

संगीतकार शिवशंकर थापाले अकल्पनीय घटनाले विर्तामोडबासी स्त’ ब्ध भएको बताए । मृ’ तक संगीतकार थापाका छिमेकी हुन् । ‘सानैदेखि असल र मिहेनती स्वभावको हुनुहुन्थ्यो निराकार भाइ’, थापाले भने, ‘भरपर्दो उद्धारको व्यवस्थासमेत देखिएन, मृ’ तकले झ्यालमा बसेर बोलेको भिडियोले संसारभरिका नेपालीलाई स्तब्ध बनाएको छ ।’

शुक्रबार बिहानैदेखि सामाजिक सञ्जालमा एउटा भिडियो सन्देश ‘भाइरल’ भयो। उक्त भिडियोमा एक युवक आफू जहाँ गए पनि छोरालाई सधैं माया गर्ने भन्दै असल हुन भनिरहेका थिए। निराश मुद्रामा देखिने ती युवकको पछाडिको दृश्यमा धुवाँको मुस्लो उडिरहेको देखिन्थ्यो।

अडेस लागेको भाग कुनै भवनको झ्यालको थियो। उनी छोरालाई भनिरहेका थिए, ‘बाबा अलवेज लभ्स यु। कसैलाई चिट गर्नु हुन्न, फ्रड गर्नुहुन्न। आमा बुवा र ममीलाई माया गर्नु है छोरा।’ भिडियोले छिनभरमै सामाजिक सञ्जाल ढाक्यो। धेरैले भिडियो राखेर लेखेका थिए, ‘हार्दिक श्र’ द्धाञ्जलि विपिन। तिमी महान् बाबु हौ।’

उक्त भिडियो सन्देश थियो झापा बिर्तामोड– १ अतिथि सदन रोड घर भएका ३९ वर्षीय निराकार पाण्डे (विपिन) को। उनले थाइल्यान्डको सीमा नजिक कम्बोडियाको पोइपोटस्थित ग्रान्ड डायमन्ड सिटी होटलबाट उक्त भिडियो सन्देश पठाएका थिए छोराको लागि।

यो सन्देश नै उनको परिवारका लागि अन्तिम सन्देश बन्न पुग्यो। उनी बसेको होटल र त्यहाँ रहेको क्यासिनोमा आगलागी हुँदा उनी १२औं तलामा फसेका थिए। उद्धार नभएपछि र कुनै उपाय नभएपछि कोठाको भ्mयालमा बसेर भिडियो सन्देश पठाएर उनी त्यहाँबाट बच्न सकिन्छ कि भनेर हा’ म्फालेको बताइएको छ।

त्यसै क्रममा उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। विपिन बास बसेको ग्रान्ड डायमन्ड सिटी होटलमा बुधबार राति अचानक आगलागी भएपछि पाण्डेले आपूm फ’ सेको थाहा पाएका थिए। चारैतिरबाट आगोले घेरेपछि उनी हा’ म्फालेका थिए।

क्ष’ त्विक्षत अवस्थामा उनको श’ व पहिचान भएको बताइएको छ। विभिन्न देशका चार सयभन्दा बढी नागरिक आगलागीमा फसेका थिए। थाइल्यान्डका धेरै नागरिक उक्त होटल र क्यासिनोमा काम गर्थे। आगलागीमा फसेकाहरूको लामो समयसम्म उद्धार हुन नसक्दा पाण्डेसहित धेरैले ज्यान गुमाए।

गैरआवासीय नेपाली संघ कम्बोडियाका अध्यक्ष लाल खड्काका अनुसार उक्त आगलागीमा शुक्रबार अपराह्नसम्म २६ जनाको मृ’ त्यु भएको छ भने ७३ जना गम्भीर घाइते भएका छन्। होटल र क्यासिनोमा भएको आगलागीमा हा’ म्फालेर केहीको ज्यान गएको छ। कतिपयको खुट्टा भाँ’ चिएको छ। आगो निभाउन ११ वटा दमकल प्रयोग गरिएको थियो।

हेलिकप्टरसहित ३ सय प्रहरी अधिकारी घटनास्थलमा खटेका थिए। १७ तले भवन भएकाले आगो निभाउन कठिन भएको स्थानीय प्रहरी अधिकारीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्। ‘घटनापछि फस्ट फ्लोरको छतमा पाण्डेको डे’ थबडी भेटियो’, अध्यक्ष खड्काले भने, ‘दूतावासले आएर हेरिसकेको छ।

सम्भवतः छिट्टै पाण्डेको श’ व नेपाल पठाउने प्रक्रिया पूरा हुन्छ।’ अध्यक्ष खड्काका अनुसार पाण्डे एक महिनादेखि उक्त होटलमा बसेका थिए। पाण्डे यसअघि पनि तीन महिना कम्बोडियामा बसेर नेपाल फर्किएको जनाइएको छ। नोभेम्बर ७ मा थाइल्यान्ड उडेका पाण्डे घूमघामका लागि सीमावर्ती कम्बोडिया पुगेका हुन्।

कान्छा भाइको बिहेपछि उनी थाइल्यान्ड गएका थिए। बिहेपछि भाइ नीराजन अमेरिका फर्किसकेका छन्। ‘आगोबाट बचेर निस्किने अवस्था रहेन भन्दै दाइले फोन गर्नुभयो’, मृ’ तकका कान्छा भाइ नीराजनले अमेरिकाबाट भने, ‘जे नहुनु थियो, भएर छोड्यो। बियोगको यो पीडा सहन असाध्यै कठिन हुँदो रहेछ।’

होटलको सातौं तलाबाट आगलागी सुरु भएको थियो। आगो फैलिरहेको र बाहिर निस्कन सक्ने अवस्था नरहेको जनाउँदै पाण्डेले समयमा उद्धार नभए मृ’ त्युको सामना गर्नुको विकल्प नहुने बताएका थिए। पाण्डेले अब आफू मृ’ त्युको मुखमा पुगेको र बाँच्न मुस्किल भएको बताउँदै काठमाडौंमा रहेकी श्रीमती शशिकला र दाजु निरजलाई सुरुमा फोन गरेका थिए।

को’ रोना संक्रमणका कारण पाण्डेलाई श्वासप्रश्वासको समस्या थियो। उनले आगो दन्किरहेको र धुवाँको मुस्लो आइरहेकाले समस्या हुने बताइरहेका थिए। होटलमा आगो लागिरहँदा १२औं तलामा रहेका पाण्डेले मध्यराति १२ बजेदेखि बिहान ४ बजेर २६ मिनेटसम्म लगातार परिवार र आफन्तसँग भाइबरमा कुराकानी गर्न भ्याए।

आफन्त, साथीभाइ र कतिपय सञ्चारमाध्यमलाई भाइवर र ह्वाट्सअपमा सम्पर्क गरी पाण्डेले आफू संकटमा फसेको र बाँच्न सक्ने अवस्था नरहेको बताएका थिए। ‘उसले आगो नियन्त्रण नभए हा’ म्फाल्नुको विकल्प नभएको बताइरहेको थियो। मैले त धेरैबेर कुरा गर्न पनि सकिनँ’, मृ’ तकका बाबु अग्निप्रसाद पाण्डेले भने, ‘यस्तो पीडादायी अवस्था कसैले सोच्नु र सामना गर्नु पनि नपरोस्।’

होटलमा आगलागी भएको र छोरो फसेको थाहा पाएपछि काठमाडौंमा रहेकी आमा लीलादेवी रातभर निदाउन सकिनन्। मृ’ त्युको मुखमा पुगेर उद्धारको पर्खाइमा रहेका श्रीमान्लाई बचाउन सक्ने कुनै सामथ्र्य श्रीमती शशिकलासँग पनि थिएन। नाबालक १० वर्षीय छोरा आर्मनलाई च्यापेर उनले भगवान्सँग प्रार्थना गरिन्।

तर, हुनेहार दैव नटार, भगवान्ले पनि शशिकलाको प्रार्थना सुनेनन्। बिहीबार मध्याह्नसम्म श्रीमान्को मृ’ त्युको खबर फैलियो। मृ’ तक पाण्डेका बाबु अग्नि बिर्तामोड–१ का वडाध्यक्ष हुन्। मृतक पाण्डे माइँलो सन्तान हुन्। उनका अरू तीन दाजुभाइ निरज, निश्चल र नीराजन छन्।

छोराको मृ’ त्युको खबरपछि उनी काठमाडौं पुगेका छन्। आमा लीलादेवी काठमाडौंमै थिइन्। पाण्डेकी श्रीमती शशिकला लोहनी र छोरा आर्मन काठमाडौंको सुकेधारामा बस्दै आएका छन्। घटनापछि पाण्डेको श’ वलाई नेपाल ल्याउने भन्ने विषयमा पहल भइरहेको छ।

एमाले नेता अग्नि खरेलले छोराको श’ व नेपाल ल्याउन पहल गरेको र मंगलबारसम्म नेपाल आइपुग्ने मृ’ तकका बाबु पाण्डेले बताए। उनका अनुसार थाइल्यान्डस्थित नेपाली दूतावासले पाण्डेको श’ व बुझेको छ। दूतावासका प्रथम सचिव खगराज पाण्डेले श’ व बुझिसकेको उनले जानकारी दिए।

आगो नियन्त्रणमा आउने छाँटकाँट नदेखेपछि पाण्डेले घटनाबारे परिवारका सदस्यलाई सुनाए। परिवारका सदस्यसँग ४ घण्टाभन्दा बढी कुरा भयो। आगलागीको दृश्य देखाउँदै उनले आफू मृ’ त्युको मुखमा पुगेको र अब होटलको १२औं तलाबाट हा’ म्फाल्नुको विकल्प नभएको सुनाए।

‘आगोले शरीर जलेर खरानी हुनुभन्दा हा’ म्फालेर मर्दा परिवारले लास पाउँछ भन्ने उसको सोचाइ रहेछ’, झापाको बिर्तामोडमा रहेका भाइ निश्चल पाण्डेले भने, ‘आगो लागेपछि उसले उम्किन खोजेको तर प्रयास सफल नभएको बताइरह्यो।’ दाजु निरजका अनुसार कान्छा भाइ नीराजनको बिहेपछि निराकर थाइल्यान्ड गएका हुन्।

कम्बोडियामा भाइ बसेको होटलमा आगलागी भएको थाहा भएपछि दाजु निरज श्रीमती र आमासहित बुहारी र भतिजो भेट्न सुकेधारा पुगेका थिए। भिडियो कलमा परिवारका सदस्यले नआत्तिन सम्झाइरहे। चाँडै उद्धार हुन्छ भन्दै आफूहरूले आत्मबल दिएको मृतकका जेठा दाजु निरज बताउँछन्।

निराकारले होटलको १२औं तलाबाट आगलागीको दृश्य देखाएपछि परिवारका सदस्यमा बेचैनी बढेको थियो। घाइतेको उद्धारका लागि आएका एम्बुलेन्स कराइरहेका थिए। प्रहरीको बाक्लो उपस्थिति थियो। दमकलले तेस्रो तलाभन्दा माथि पानी हाल्न नसकेपछि आगो नियन्त्रणमा लिन १२ घण्टाभन्दा बढी समय लागेको थियो।

उद्धार टोली पर्खिंदा—पर्खिँदै होटल ध्वस्त भएको छ। निरजका अनुसार उक्त होटलमा सन् २०१९ मा पनि आगो लागेको थियो। कम्बोडियाका सञ्चारमाध्यमले झोला भिरेर होटलको झ्यालमा टर्चलाइट र मोबाइल बोकेर बसेको निराकारको फोटो छापेका छन्। उनले भिडियोमा कुरा गरिरहँदा कोठाभित्र धुवाँ छिरेको देख्न सकिन्छ।

पाण्डेको मृ’ त्युपछि झापाको बिर्तामोड–१ अतिथि सदनरोडस्थित घरमा छरछिमेकी र आफन्तको भीड लागेको छ। भाइ निश्चललाई भेटेर शुभचिन्तकले सान्त्वना दिइरहेका छन्। ‘मृ’ त्युको मुखमा पुगेको अवस्थामा कमजोर मुटु भएकाले कसैसँग कुरा गर्न सक्दैन्’, छिमेकी हिमा सिटौलाले भनिन्, ‘निराकार भाइ साँच्चिकै आँटिला र साहसी रहेछन्।’

गहभरि आँसु पारेर मृ’ त्युलाई आत्मसात् गरेका पाण्डेले भिडियोमार्फत छोरा आर्मनलाई अन्तिम सन्देश दिएका छन्। उनले आफू जहाँ गए पनि सधैं माया गर्ने भन्दै छोरालाई असल हुन सुझाएका छन्। अन्तिम समयमा छोरासँग कुरा गर्दै पाण्डेले भनेका छन्, ‘सानु, मेरो आँखाको बाबु, म तिमीलाई धेरै माया गर्छु। बाबा अलवेज लभ्स यु।

‘सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नु हुन्न, फ्रड गर्नुहुन्न। आमा बुवा र ममीलाई माया गर्नु है छोरा।’ आफूले सकेको सहयोग गर्नुपर्ने बताउँदै उनले विशेषगरी मामा, माइजूहरूलाई कहिल्यै पनि चित्त नदुखाइदिनु भनेका छन्। उनले भिडियोमा भनेका छन्, ‘लमजुङका बुवाआमाले पनि धेरै गर्नु भएको छ।

है सानु तिमी धेरै ठूलो मान्छे बन्नू। ज्ञानी हुनू। अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलो बाबा भन्छौं। है उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु उसले मलाई दाजु भन्छ। उसलाई एकदम रेस्पेक्ट गर्नू, है बाबु। मैले जे जति दुःख गरें, हुन्छ कि भनेर कोसिस गरेँ छोरा। मैले सकिनँ है।

तिमीसँग बिताएका पलहरू सधैं यादगार रहनेछन्। सधैं शशि मामु, अग्नि बुवा आमासँग भान्जाहरूसँग तिम्रो मामा यानिकी मेरो साढु है, मेरो जेठान शान्ति साली गोथ्ले, तिम्रो भाइ आर्या दिदी, सार्थक भाइ, आरभ भाइ सबैलाई माया र इज्जत गर्नू, कसैलाई फ्रड नगर्नू, ज्ञानी बन्नू।’

आफ्ना अगाडि मृ’ त्युबाहेक अरू केही विकल्प नभएपछि मान्छेले बाँच्ने उपाय खोज्दो रहेछ। छोराले होटलबाट हा’ म्फालेर बाँच्ने उपाय रोज्यो। तर, उसलाई पनि थाहा थियो कि, यति माथिबाट हा’ म्फाल्दा बाँच्न सकिँदैन भनेर। उसले होटलको १२औं तलाबाट हा’ म्फालेको देखिन्छ।

मेरो छोरोले मृ’ त्यु अगाडि एउटा आँट र साहस देखाएर घरपरिवार र साथीभाइसँग कुरा गरेको छ। आगोले ज’ लेर खरानी हुनुभन्दा हा’ म्फालेर म’ र्दा परिवारले ला’ स हेर्न पाउँछ भन्ने उसको सोच देखियो। मलाई मात्रै होइन छोराले देशलाई रुवाएर गएको छ। उसकी आमा, श्रीमती र परिवारका सदस्यलाई सम्हाल्न गाह्रो छ अहिले।

काँबुभन्दाको परिस्थितिमा मान्छेले के गर्न सक्छ र ? उसले जसरी घर परिवारका सदस्य र आफन्तलाई सम्झियो, यो जीवनको अन्तिम क्षणमा ठूलो कुरा रहेछ। भिडियोमा पनि उसले आफ्नो ला’ स जसरी भए पनि घरपरिवारसँग पुर्‍याइदिन अपिल गरेको रहेछ।

मैले उसले अन्तिम समयमा बोलेको भिडियो हेर्न सकेको छुइनँ। मनमा अनेक पीडा छन्। उसको श’ व कसरी ल्याउने भन्ने चिन्ता छ। एमाले नेता अग्नि खरेलले श’ व नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइदिनुभयो। श’ व सकेसम्म छिटो नेपाल ल्याउने गरी नेता खरेल लाग्नु भएको छ।

भर्खर थाइल्यान्डस्थित नेपाली दूतावासले श’ व बुझेको जानकारी पाएको छु। मंगलबारसम्म श’ व नेपाल आइपुग्छ भन्ने छ। दूतावासका प्रथम सचिव खगराज पाण्डेले श’ व बुझिसकेको थाहा पाएँ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment