Latest
img

एमाले फर्कन ओलीलाई मख्ख पार्दैछन् झाँक्री ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्री पछिल्लो समय नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रति निक्कै लचक देखिन्छन् ।पार्टीले मन्त्रीबाट फिर्ता बोलाएपछि पार्टीका नेतृत्वप्रति असन्तुष्ट झाँक्रीले पछिल्लो समय

अध्यक्ष माधवकुमार नेपालसँग ‘लिडरसिप’ क्षमता नै नभएको समेत टिप्पणी गरेका छन् ।ग्लोबल टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा झाँक्रीले एमाले अध्यक्ष ओलीको प्रशंसा गर्दै आफ्ना अध्यक्षसँग नेपालसँग नेतृत्वमा हुनपर्ने गुण नरहेको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्– ‘केपी कमरेडको जस्तो सोच्ने क्षमता माधव नेपालमा भएको भए त कहाँ यस्तो छेउमा परिन्छ त ? बीचमा परिदैन भनेको ? यो मामिलामा त केपी कमरेडले यत्ति स्ट्राटेजीक कदम चाल्नु भयो कि उहाँको टिमकै धेरै सदस्यलाई थाह थिएन होला । लिडरसिप त यस्तै हुनुपर्छ क्या !’

झाँक्रीले पछिल्लो पटक एमाले–माओवादी सहकार्यमा सरकार बन्दा आफ्नो पार्टी सत्ताबाहिर भएपछि अध्यक्ष नेपालप्रति यस्तो टिप्पणी गरेका हुन् ।झाँक्रीले पार्टी विभाजन भएपछि मन्त्री बन्ने अवसर पाए थिए । तर, आफूले चाहेको जति समय मन्त्रीका रुपमा काम गर्न नपाएपछि पूरानै पार्टी फर्कने चाहेको संकेत गरेको कतिपयको अनुमान रहेको छ ।

पार्टी एक हुँदा र पार्टी विभाजन भएपछि पनि एमाले अध्यक्ष ओलीको खरो आलोचना गर्दैका आएका झाँक्री मन्त्री खोसिएपछि भने एमाले नै ठीक भन्ने अवस्थामा पुगेको देखिन्छ ।यसपटक झाँक्रीले एमाले अध्यक्ष ओलीको खुलेरै प्रशंसा गरेका छन् । नेतृत्व भनेको केपी ओली जस्तो हुनुपर्ने उनको धारणा रहेको छन् ।

अन्तरवार्तामा झाँक्री भन्छन्– ‘केपी कमरेडसँग पार्टी एक हुँदा र बेग्लै हुँदा पनि लडेको छु । तर, नेतृत्व भनेको उहाँ नै हो । उहाँ जस्तो नेतृत्व ठीक लाग्छ ।’पार्टीमा झाँक्री असन्तुष्ट रहेको बुझेपछि एमालेका नेताहरूले एमालेमा फर्काउने प्रयास गरिरहेको बुझिन्छ ।

तर, झाँक्री भने अहिलेकै अवस्थामा एमालेमा फर्कन सक्ने अवस्था नरहेता पनि एमालेसँगको सहकार्य र एकता असम्भव भने नरहेको प्रतिक्रिया दिने गरेको एमाले नेताहरू बताउँछन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment