काठमाडौं:
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर संघर्षमा लागेको बताएका छन्।
सहिद सुरेश वाग्लेको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै आफू संघर्षमै रहेको कारणले बिभिन्न षड्यन्त्र भइरहेको बताएका हुन्।
प्रतिक्रियावादीहरुले अहिले निरन्तर आफूमाथि प्रहार गरिरहेको उनको तर्क छ।
‘जनयुद्ध बेलामा पनि अपराधीहरू भनेर टाउको काट्ने कुरा थियो। अहिले पनि अस्थिरताको कारक हो।
प्रचण्ड रहेसम्म देश अफ्ठ्यारोमा पर्छ। त्यसैले सिध्याउनुर्छ भनेर लागिरहेका छन्।’
उनले भने, ‘मैले संघर्ष छाडेको भए अवसरवादीले त्यस्तो भन्नु पर्दैनथ्यो। म अन्तिमसम्म संघर्षमा रहन्छु।’
अहिले आफू संघर्षमा रहेकाले कसले जित्छ भन्ने अवस्था नरहेको उनको भनाइ छ।
१० दिन भित्र बहाल कुर बुझाउन सेना प्रहरीलाई महानगरपालिकाकाे आग्रह
काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन आग्रह गरेको छ ।
नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको बहाल कर बुझाउन आग्रह गरेको हो ।
महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले पत्र लेखी पटक पटक ताकेता गर्दा पनि हालसम्म
बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन अनुरोध गरेका छन् ।
ताेकिएकाे समयमा नतिरेमा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने पत्रमा उल्लेख गरिएको छ ।
Leave A Comment