Latest
img

नेपालीपन : रवि लामिछानेले केकको साटो ‘जुजु धौ’ काटे अनि दियो बालेर मनाए श्रीमतीको जन्मदिन

गृहमन्त्री रवि लामिछाने जुजु धौ (दही) काटेर श्रीमतीको जन्मदिन मनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका मन्त्री लामिछाने मौलिकतालाई आत्मसाथ गर्दै निकिता पौडेलको जन्मदिन मनाएका हुन् ।निकिताले सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्दै रविकै प्रस्तावमा मौलिक ढंगको जन्मोत्सव मनाएका उल्लेख गरेकी छन् ।

‘गृहमन्त्री ज्युले नयाँ चलन चलाउने प्रस्ताव राख्नु भो । जन्म दिनमा केक होइन हाम्रै जुजु धौ (दही) काट्ने र मैन बत्ती निभाउने होइन दियो बाल्ने,’ उनले अगाडि लेखेकी छन्, ‘ आज हामीले त्यसै गर्‍यौँ । एउटा मौलिक ढंगको जन्मोत्सव सम्पन्न भयो। शुभकामना दिनु हुने सबैलाई धेरै धन्यवाद ।’

यो पनि – नेपालमा आज टोपी दिवस मनाइँदै छ । पछिल्ला केही वर्षयता अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनलाई नेपालमा टोपी दिवसका रूपमा मनाउन थालिएको हो ।नेपालीको मौलिकतासँग जोडिएको टोपीको प्रवर्द्धन गर्ने उद्देश्यसहित केही वर्षदेखि स्वतःस्फूर्त रूपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाइन्छ ।

आज अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन हो ।नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरूले पनि यो दिवस मनाउँछन् । विषेशगरी भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ-आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

टोपी दिवसका दिन नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमकोसमेत आयोजना गर्ने गरेका छन् । पछिल्लो समय जागरूक युवा अभियान नेपालले टोपी दिवसमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।‘हिजोआजका मान्छेलाई टोपी लाउनै आउँदैन’, बगनासकाली ७ कल्लाबारीका ८२ वर्षीय मानबहादुर रानाले विगत सम्झँदै भने,

‘अहिले लगाइने सिधा टोपी सरकार र सभ्यताको लागि मात्रै हो ।’ रानाका अनुसार पूजाआजा र धार्मिक कार्यक्रममा जाँदा दायाँ र प्रेमिकालाई भेट्न जाँदा बायाँ ढल्काएर टोपी लगाउनुपर्छ । ‘बिहे, भोजभतेर वा रमझममा सिधा लगाउने चलन हो’, उनले भने ।

‘धेरैलाई त जुवाडेले लगाउने तरिका मात्रै थाहा छ’, ६९ वर्षीय गमबहादुर थापाले भने, ‘हिँड्ने बेलामा कता भनेर सोध्नै पर्दैन थियो, उसले लगाएको टोपी हेरेर थाहा हुन्थ्यो ।’थापाका अनुसार पछाडि ढल्काएर टोपी लाए जुवा खेल्न हिँडेको भन्ने थाहा हुन्थ्यो ।

‘लज्जालुहरुले निधारै छोपेर अगाडि ढल्कने गरी टोपी लाउने चलन हो’, गमबहादुरले भने, ‘उबेला टोपी लगाउने मान्छेलाई राम्रो मानिन्थ्यो ।’त्यसबेला अहिलेको जस्तो ढाकाको टोपी थिएन । ‘भारतमा गएका आफन्तहरुबाट कोरा वा भादगाउँले टोपी मगाउनुपथ्र्यो’,

७८ वर्षीय वीरबहादुर थापाले भने, ‘किन्न पैसा नहुने, पाउन मुस्किल पर्ने भएकाले एउटै टोपी वर्षौँसम्म लगाउनुपर्याे ।’टोपी लगाउने तरिकाको बारेमा बूढापाकाहरुको पुराना फोटो हेर्दा जानकारी भएको भन्दै खानीगाउँ आधारभूत विद्यालयका प्रधानाध्यापक नलबहादुर

साठीघरेले बा–बाजेहरुले लगाएको देखेरै आफूले पनि टोपी लगाएको बताए । ‘पहिले लगाउने तरिका र अहिलेमा धेरै फरक छ’, ५३ वर्षीय साठीघरेले भने, ‘अहिले नेपाली पहिचानका लागि पनि टोपीको महत्व छ ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment