Latest
img

फेरि तनावको माहोल चुलियो: नेपाली सेनाले माग्यो घुँडाभन्दा मुनि गोलि हान्ने अनुमति (आखिर किन?)

काठमाडौं ।

आसन्न चुनावलाई लिएर यतिबेला देशको राजनीति तातिरहेको छ । यही नेपाली सेनाले सरकारसँग अनौठो माग गरेको छ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सेनाले तयार पारेको सुरक्षा योजना रक्षा मन्त्रालयले आवश्यक काँटछाँट गरी गृह मन्त्रालय पठाउने तयारी गरेको छ ।

गृहले स्वीकृत दिएपछि कार्यान्वयनमा आउने उक्त सुरक्षा योजनामा सेनाले परिचालन हुने आफ्नो संख्या, जिम्मेवारी, गोली चलाउन पाउनुपर्ने अवस्थालगायत विषय समेटेको छ ।

चुनावी सुरक्षामा खटिएका सेना र प्रहरीलाई गोली चलाउनेसम्मका अधिकार दिइएको हुन्छ । तर, अवस्थाबारे पहिले नै प्रष्ट पारिएको हुन्छ ।

कुनै अवस्थामा सामान्य चेतावनीले अवस्था नियन्त्रण हुनसक्छ भने कुनैमा हतियार प्रयोग गर्नुपर्ने हुनसक्छ ।

विगतका निर्वाचनदेखि नै यस्तो स्थितिमा सेनालाई हतियार प्रयोगको अधिकार दिइँदै आएको छ । सेनाले प्रस्तुत गरेको यसपटकको सुरक्षा योजनामा पनि यी विषय समेटिएका छन् ।

प्रारम्भिक सुरक्षा योजनामा गरिएको प्रस्तावअनुसार, पहरा दिइरहेका व्यक्ति या आफ्नै ज्यान या सरकारी सम्पत्ति कुनै पनि व्यक्ति÷समूहबाट

खतरामा परेमा सुरूमा आफ्नो मेगा फोनबाट वा नभएमा ठूलो स्वरमा जनाऊ दिनेछ । त्यसो गर्दा पनि खतरा नहटेमा सेनाले हतियार देखिने गरी प्रदर्शन गर्नेछ ।

यति गर्दा पनि अवस्था नियन्त्रणमा नआएमा गोली प्रहार गर्न सक्नेछ । तर गोली घुँडाभन्दा मुनि ताकेर हान्नुपर्नेछ ।

सेनाले आवश्यकताभन्दा बढी फायर गर्न भने पाउने छैन । एक/एक राउण्ड गरी नियन्त्रित फायर मात्रै गर्ने अनुमति सेनालाई दिइएको छ ।

यस्तो अवस्थामा त्यसबाट हुनसक्ने बृहत क्षतिबारे पनि सतर्क हुनुपर्नेछ । निशाना गरिएको स्थानबाहेकमा फायर नगर्न सुझाइएको छ ।

कस्तो अवस्थामा चल्छ चेतावनीबिना गोली ? सेनाले हतियार प्रयोगको चेतावनी दिने सन्दर्भमा माथिका प्रावधान लागू हन्छन् भने कुनै अवस्थामा बिना चेतावनी सेनाले गोली चलाउन सक्छ ।

अचानक आफ्नो ज्यानमाथि खतरा त्पन्न भएको सेनाले महसुस गरेमा उसले बिनाअनुमति गोली चलाउन पाउँछ ।

कसैले हतियार खोस्ने प्रयास गरेको अवस्थामा सेनाले गोली चलाउन अनुमति लिइराख्नु पर्दैन ।

आफूले पहरा दिइरहेका सर्वसाधारण व्यक्तिहरू गम्भीर घाइते वा मृत्युको अवस्थामा पुगेमा या आफूले सुरक्षा गर्नुपर्ने भौतिक संरचनामा क्षति हुने अवस्थामा आएमा पनि गोली चल्छ ।

प्रारम्भिक सुरक्षा योजनाअनुसार, निर्वाचनमा सेनाले विकट क्षेत्रमा मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री ढुवानी गर्नेछ ।

महत्त्वपूर्ण प्रतिष्ठान, संरचनाहरू, कारागार तथा विमानस्थलको सुरक्षा पनि सेनाकै जिम्मामा हुनेछ ।

सेनाले पेस गरेको सुरक्षा योजनामा निर्वाचनको एक महिनाअघिदेखि गस्ती गर्ने पनि उल्लेख छ ।

त्यस्तै, आपतकालीन समयमा गर्नुपर्ने उद्दार कार्यमा खटिने, शंकास्पद वस्तु÷विस्फोट पदार्थहरूलाई निष्क्रिय पार्ने, निर्वाचन सुरू हुनुभन्दा अघिदेखि रणनीतिक बिन्दुहरूमा पिकेटको व्यवस्था पनि सेनाले गर्नेछ ।

मतदानको दिन हरेक मतदान केन्द्रबाट बढीमा ३० मिनेटको दूरीमा फौज तैथान रहनेछन् ।

सामान्य जिल्लाहरूको सबै मतदानस्थलहरूको बाहिरी सुरक्षा व्यवस्था पनि सेनाकै हातमा हुनेछ । योसँगै निर्वाचनमा आवश्यकता अनुसार सेनाले स्ट्राइकिङ, मोबाइल तथा हवाई गस्ती परिचालन गर्नेछ ।

हरेक जिल्लामा तैनाथ सेनाको ‘रिजर्भ फोर्स’ जिल्ला सुरक्षा समितिको निर्देशनबमोजिम परिचालन हुनेछ । निर्वाचन सुरक्षा व्यवस्थापनका लागि यसपटक ७४ हजार ८४९ सेना परिचालन हुनेछन् ।

 

 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment