Latest
img

अमेरिकामा दु’ र्घटनामा परि नेपाली युवा मनोजको नि’ धन

अमेरिका । अमेरिकाको न्युयोर्क सिटीमा भएको दु’ र्घटनामा नेपाली उबर चालकको मृ’ त्यु भएको छ । आज विहान भएको दु’ र्घटनामा उनको नि’ धन भएको हो । घटना विहान करिब १२ बजेर ५८ मिनेटमा भएको जनाइएको छ ।

दुर्घटनामा कास्की हेम्जाका ३२ बर्षीय मनोज थापाको नि’ धन भएको उनका साथीले जानकारी दिए । घटनाबारे परिवारका सदस्यहरुलाई जानकारी गराइसकिएको छ ।झण्डै ७ बर्षदेखि अमेरिकामा बस्दै आएका थापा अविवाहित हुन् ।न्युयोर्क सिटीमा भएको दुर्घटनामा नेपाली उबर चालक ३२ बर्षका मनोज थापाको मृ’ त्युबारे प्रहरीले जानकारी दिएको छ ।

न्युयोर्क प्रहरी विभागले दिएको जानकारी अनुशार आफ्नो गाडीलाई अर्को गाडीले ठक्कर दिएपछि हेर्न निस्किएका थापालाई अर्को गाडीले ठक्कर दिएपछि मृ’ त्यु भएको हो ।प्रहरी प्रवक्ताका अनुशार शनिबार विहान लगभग १२ बजेर ५८ मिनेटमा प्रहरीले घटनाबारे ९११ मा फोनमार्फत जानकारी प्राप्त भएको थियो ।

प्रहरीको ७२ प्रिसिन्क्टको सिमाना भित्र ५५ स्ट्रीटको वरपरको गोवानस एक्सप्रेसवेको वेस्टबाउन्ड लेनमा गाडीको ठक्करबाट मृ’ त्यु भएको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।घटनास्थलमा प्रहरी अधिकारीहरु पुग्दा ३२ वर्षीय पुरुष बेहोस र अनुत्तरदायी अवस्थामा सडकमा फेला परेका थिए ।

शरीरमा चो’ ट लागेको अवस्थामा उनलाई फेला पारिएको प्रहरीले जनाएको छ ।आपतकालिन मेडिकल सेवाका अधिकारीहरु तत्काल घटनास्थलमा पुगेका थिए । र ३२ बर्षका थापालाई घटनास्थलमा नै मृ’ त घोषणा गरेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान पनि सार्वजनिक गरेको छ ।प्रहरी अनुसन्धान अनुशार रातो निसान सेन्ट्रा गाडी एक्सप्रेसवेको दाहिने लेनमा रोकिएको थियो ।

जब थापाले चलाएको टोयोटा क्यामरी गाडी अगाडि जान जान असफल भएको थियो, त्यतीबेला निसान गाडीको पछाडि थापाले आफ्नो गाडी रोकेका थिए ।त्यहीबेला एक टोयोटा भेन्जा गाडी दुई रोकिएका गाडीहरूबाट बच्न प्रयास गर्दै अगाडि बढ्न खोज्दा थापाको टोयोटा क्याम्रीको पछाडिको भागमा थोरै छोएको थियो ।

त्यसपछि थापा गाडीबाट बाहिर निस्किएर आफ्नो गाडीमा भएको क्षतिको मूल्याङ्कन गर्दै थिए ।त्यही बेला २४ वर्षीय पुरुषद्वारा चलाईएको ब्ल्याक बीएमडब्लु गाडीले ३२ वर्षीय थापालाई हा’ नेको थियो । बीएमडब्लुले हान्दा थापा दुईवटा गाडीको बीचमा हुत्तिएको प्रहरीले जनाएको छ ।

घटनापछि थापालाई ठ’ क्कर दिने २४ बर्षका गाडी चालक घटनास्थलमा नै रहेका थिए । उनलाई चालकलाई सामान्य चो’ टपटकको लागि घटनास्थलमा उपचार गरिएको थियो तर अस्पताल भने नलगिएको प्रहरीले जनाएको छ ।अन्य दुई सवारी साधनका चालकहरूलाई लुथरन मेडिकल सेन्टरमा लगेर सामान्य चो’ टपटकको लागि उपचार गरिएको थियो ।

घटनामा कुनै अ’ पराधको शंका नगरिएको र कसैलाई पनि पक्राउ नगरिएको प्रहरीले जनाएको छ ।मृ’ तक थापा क्वीन्स न्युयोर्कको १९१२ लिन्डेन स्ट्रीट अपार्टमेन्ट २ एलमा बस्दै आएको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment