Latest
img

रवि उपप्रधानमन्त्री हुँदा एमाले-माओवादी नेतालाई तनाव

अनपेक्षित रुपमा राष्ट्रिय शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार यात्राले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका धेरै नेताको सरकार यात्रा असहज भएको छ ।रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीको रुपमा सरकारमा सहभागी भएका छन् ।

लामिछाने एकैपटक उपप्रधानमन्त्री भएपछि धेरैपटक मन्त्री भइसकेका एमाले र माओवादीका नेताहरूलाई असहज भएको छ ।उपप्रधानमन्त्री पद धेरै नहुने र सरकारमा सहभागी हुँदा रविभन्दा तल्लो वरियतामा मन्त्री हुनुपर्ने भएकाले धेरै नेताले मन्त्री हुने बाटो नै समाप्त भएको भन्दै आएका छन् ।

माओवादीका वर्षमान पुन ‘अनन्त’ लगायतले त सार्वजनिक रुपमा मन्त्री नहुने बताइसकेका छन् । आइतबार एक सञ्चारमाध्यमसँग कुरा गर्दै पुनले भने– ‘म लगायत दोस्रो तहका कोही पनि मन्त्री बन्दैनौँ । बाहिरबाटै अध्यक्ष नेतृत्वको सरकारलाई सफल बनाउन सहयोग गर्छौँ ।’

पुनले वरियता समस्याका कारण मन्त्री नबन्ने हल्ला निराधार रहेको भन्दै आफ्नो बचाउ गरे पनि मुख्य समस्या वरियता नै रहेको एक माओवादी नेता बताउँछन् । ति नेताले भने– ‘सरकार गठन गर्न महत्वपूर्ण भूमिका खेलेका अनन्त कमरेड सरकारमा सहभागी हुने पक्षमा हुनुहुन्थ्यो ।

तर, वरियता समस्याका कारण उहाँ सरकारमा सहभागी नहुने पक्षमा पुग्नु भएको छ ।’माओवादी नेताहरू जस्तै एमाले नेताहरू पनि समस्यामा परेका छन् । यसअघि नै मन्त्री भइसकेका योगेश भट्टराई, रघुवीर महासेठ, गोकुल बाँस्कोटा, पृथ्वीसुब्बा गुरुङ,

गोकर्ण विष्ट लगायतका नेता मन्त्री बन्न आनाकानी गरिरहेका छन् ।एमालेबाट उपप्रधान तथा अर्थमन्त्रीको रुपमा विष्णु पौडेलसहित दुई मन्त्रीले शपथ लिएर काम थालिसकेका छन् । तर, अन्य नेताहरू भने वरियताका कारण सरकारमा सहभागी हुन अप्ठ्यारो मानिरहेका छन् ।

यो पनि – उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षास्थितिको जानकारी लिन बैठक डाकेका छन् ।लामिछानेले आज बिहान ९ बजे भर्चुअल बैठक डाकेका हुन् ।बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी,

सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिव दीपक बोहराले जानकारी दिए ।उनका अनुसार बैठकमा नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुनेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment