कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आगलागीबाट २ घर जलेर न’ ष्ट भएका छन् । घर जल्दा पूर्व वडाध्यक्षको मृ’ त्यु भएको छ ।मादी गाउँपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष सुरज कुमार गुरुङको आगोले ज’ लेर मृ’ त्यु भएको वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।
आइतबार राति पौने ९ बजे आ’ गलागी हुँदा गुरुङ घरभित्रै रहेका र घरसँगै ज’ लेर उनको मृ’ त्यु भएको बताइएको छ । तर, आगलागीको समयमा घरबाट निस्किन सक्ने अवस्था भएपनि उनी भित्रै रहनुमा रहस्यमय हुन सक्ने आशंका गरिएको छ । गुरुङको घर ढुंगामाटो र टिनको छानाले छाइएको थियो ।
आगलागीमा नजिकै रहेको टौराज गुरुङको कोरियन प्रविधिले बनेको दुई तले घर पूर्ण रूपमा न’ ष्ट भएको छ ।घरमा रहेका अन्नपातदेखि सबै कुरा ज’ लेर न’ ष्ट भएको वडाध्यक्ष गुरुङले बताए । आगलागीको कारण भने अझै खुलेको छैन ।आगो करिब ११ बजे स्थानीय भेला भएर निभाएका हुन् । क्षतिको विवरण आएको छैन ।मृ’ तक गुरुङ २०७४ को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।
यो पनि – गोरखाको भीमसेन थापा गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ ।गाउँपालिकाले वडा नम्बर ६ मा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी सहिद स्मृति आधारभूत अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए ।
पालिकाभित्र रहेका सबै नागरिकमा सहज र सुलभरुपमा स्वास्थ्योपचार सेवा पुु¥याउने उद्देश्यले आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए । आधारभूत अस्पतालमा बहिरंग, प्रयोगशाला, फामेर्सी लगायतका सेवा उपलब्ध रहेको अधिकृत अधिकारीले जानकारी दिए ।
त्यसबाहेक एक्सरे, आकस्मिक सेवा तथा बिमा कार्यक्रमसमेत तत्काल विस्तार गर्ने योजना रहेको उनले सुनाए । अस्पतालमा चिकित्सकसहित स्वास्थ्यतर्फ नर्स, स्वास्थ्य सहायक, फार्मेसी सहायक, डेन्टल हाइजिनिस्ट लगायतका आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था रहेको अधिकारीको भनाइ छ ।
‘यस क्षेत्रका नागरिक सामान्य बिरामी परे उपचारका लागि सदरमुकाम र सदरमुकाम बाहिर लैजानुपर्ने बाध्यता रहँदै आएको थियो’, उनले भने, ‘अब अस्पताल सञ्चालनमा आएसँगै उपचार सेवाका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ ।’गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकावासीलाई आफ्नै गाउँ ठाउँमा स्वास्थ्य सेवा दिन कसर बाँकी नराख्ने प्रतिबद्धता गरेअनुसार सेवासमेत प्रारम्भ भएको उनले बताए ।
‘पालिकाभित्र रहेका नागरिकलाई गाउँघर र टोल टोलमामा स्थानीय सरकारको अनुभूति दिलाउने गरी स्वास्थ्य क्षेत्रमा पनि केही नयाँ कामको थालनी गरिहाल्नुपर्छ भन्ने हाम्रो योजना थियोे’, गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले भने, ‘तिनै योजनाअनुरुप आधारभूत अस्पताल सञ्चालन ल्याइएको हो ।’
Leave A Comment