Latest
img

यी अभिनेता ८० दिन नर्कमा बसे, १ करोड ३२ लाख खर्च गरे अनि ३ इन्च उचाइ बढाए

काठमाडौं । ३८ वर्षीय अभिनेताले १ करोड ३२ लाख खर्च गरेर आफ्नो उचाइ ५ फिट ८ इन्च पुर्याएका छन् । यसअघि उनी ५ फिट ५ इन्चका थिए । उनले खुट्टा लम्बाइको श’ ल्यक्रियामार्फत आफ्नो उचाइ ३ इन्च बढाएका छन् ।

यसको खुलासा अभिनेता आफैले गरेका छन् ।अभिनेताको नाम रिच रोटेला हो। रोटेला अमेरिकाको लस एन्जलस निवासी हुन् । उनी आफ्नो छोटो उचाइबाट दिक्क थिए, त्यसैले उनले खुट्टा लम्बाउने श’ ल्यक्रियामा १ लाख डलर खर्च गरेर आफ्नो लम्बाइ ३ इन्च बढाए।

अहिले केटीहरूलाई डेट गर्न र अभिनय गर्न सजिलो भएको उनी बताउँछन् ।रोटेलाका अनुसार ५ फिट ५ इन्च पछि उनको उचाइ बढ्न छाड्यो र अग्लो केटीलाई डेट गर्न गाह्रो भयो । उनको चर्चित अभिनेता बन्ने सपना पनि अधुरो रह्यो । त्यसैले उचाइ बढाउन श’ ल्यक्रियाको सहारा लिनुपरेको हो ।

द मिररका अनुसार रिच रोटेलाले भने- ‘म सानैदेखि अग्लो हुन चाहन्थें । उचाईका कारण राम्रो खेलाडी भए पनि म बास्केटबल टोलीमा सामेल हुन सकिन । ठुलो भएपछि उचाइ अलि कम भएकाले म अडिसनबाट बाहिरिएँ । त्यसैले भर्खरै श’ ल्यक्रिया गरेर लम्बाइ बढाउने निर्णय गरें जसलाई बिलाटेरल फेमर लेन्थेनिङ पनि भनिन्छ।’

यस श’ ल्यक्रियामा रोटेलाले १ लाख डलर खर्च गरेका थिए । तीन महिनासम्म पी’ डादायी फि’ जियोथेरापी गर्नुपर्‍यो। रोटेला भन्छन्- ‘यो पी’ डादायी र महँगो थियो, तर मलाई थाहा थियो कि यदि मैले यो गरिन भने, म पछाडि छोडिनेछु र मैले चाहेको कुरा हासिल गर्न सक्दिन।’

रोटेलाले आफ्नो श’ ल्यक्रियाको प्रक्रियालाई ‘८० दिनको नर्क’ भनेर वर्णन गरे। किनभने यो समयमा उनी ह्वीलचेयरमा थिए । तीन महिना घरमा बस्नुबाहेक केही गर्न सकिएन । सुरुमा बैसाखीको सहारा लिएर खुट्टामा उभिए र पछि विस्तारै हिँड्न थाले ।रोटेला अब बिना कुनै सहारा हिड्न सक्षम छन्, तर अझै पनि व्यायाम र फिजियो गर्नुपर्छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment