सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीमध्ये सन्दीप लामिछाने दोस्रो नम्बरमा रहेका छन् ।क्रिकइन्फोका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीपले सन् २०२२ मा जम्मा ६६ विकेट हात पारेका थिए । सन्दीपले ३२ खेलमा ६६ विकेट हात पारेका हुन् । सन्दीपले एकै खेलमा सर्वाधिक ५ विकेट हात पारेका थिए ।
सबैभन्दा धेरै विकेट लिनेमा भने वेस्ट इन्डिजका अल्जारी जोसेफ रहेका छन् । उनले सर्वाधिक ७० विकेट हात पारे । जोसेफले ४१ इनिङ्समा ७० विकेट लिए ।न्यूजिल्यान्डका टिम साउथीले सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो नम्बरमा रहेका छन् ।उनले ६५ विकेट लिए । साउथीले ३९ इनिङ्समा ६५ विकेट हात पारे ।
यो पनि – इंग्लिस ब्याटर एलेक्स ब्लेकको विष्फोटक ब्याटिङमा काठमाडौं नाइट्सले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सलाई १ सय ६५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नाइट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६४ रन बनायो ।
काठमाडौंका एलेक्स ब्लेकले २८ बलमा ३ चौका र ७ छक्कासहित ६४ रनको विष्फोटक इनिङ खेले ।एक समय काठमाडौं १६ ओभरमा ९३–२ को अवस्थामा थियो । एलेक्स ब्लेक ५ बलमा ३ रनमा अविजित थिए । ब्लेकले १७ औं ओभरमा तुलबहादुर थापालाई दुई छक्का हाने ।
१९ औं ओभरमा आरिफ शेखलाई चार छक्कासहित २७ रन बटुलेपछि विशाल योगफल बनाएको थियो ।ब्लेकले २३ बलमै अर्धशतक प्रहार गरे । जुन यस प्रतियोगिता सर्वाधिक छिटो हो । यसअघि पोखराका कुशल मल्लले लुम्बिनी अल स्टार्सविरुद्ध २४ बलमा अर्धशतक हानेका थिए ।
पहिलो विकेटमा लागि विरनदीप सिंह र सुनम गौतमले १२.४ ओभरमा ७३ रनको साझेदारी गरेका थिए । कुशल मल्लको स्वलो बलमा विरनदीप ३८ बलमा २ चौका र १ छक्कासहित ३२ रनमा बोल्ड भए । सुनम ४२ बलमा ५ चौकासहित तुलबहादुरको बलमा क्याच आउट भए ।
एलेक्स ब्लेक अन्तिम ओभरको तेस्रो बलमा प्रतिश जि.सीको बलमा एलबीडब्लू आउट भए ।तुलबहादुरले नै आजमतुल्लाह ओमरजाईलाई तीन रनमा बोल्ड गरे । सुरुवाती ९ ओभरमा ३८ रन मात्रै बनाएको थियो । १० औं ओभरमा जाहिर खानले १८ रन खर्चेपछि ५६-० को अवस्थामा थियो ।
अन्तिम १० ओभरमा ९८ रन जोड्यो । तुलबहादुर थापाले २ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कुशल मल्ल र प्रतिश जि.सीले एक एक विकेट लिए ।
Leave A Comment