Latest
img

आज पेलेको श’ व अन्तिम श्र’ द्धान्जलीका राखिँदै, भोलि दा’ हसंस्कार गरिने

काठमाडौं : फुटबलका महान खेलाडी पेलेको पा’ र्थिव शरीरलाई अन्तिम श्र’ द्धाञ्जलिका लागि आज भिला बिलमिरो रंगशालामा राखिँदैछ। दा’ हसंस्कार गरिनु अघि पेलेलाई रंगशालमा गएर उच्च पदस्थ अधिकारी, खेलाडी, प्रशिक्षक र समर्थकले अन्तिम पटक श्र’ द्धाञ्जलि दिनेछन्।

भिला बिलमिरो सान्तोष फुटबल क्लबको मैदान हो। पेलेको व्यावसायिक फुटबल करियर सान्तोषबाटै सुरु भएको थियो। विश्व फुटबलको राजा उपनामले परिचित पेलेको क्यान्सरका कारण गत बिहीबार राति साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा नि’ धन भएको थियो।

पेलेको पा’ र्थिव शरीरलाई रंगशाला लैजानु अघि अस्पतालमा समर्थकको भीड लागेको छ। यसअघिका राष्ट्रपति जाइर बोल्सोनारोले पेलेको नि’ धनमा तीन दिने राष्ट्रिय शो’ कको घोषणा गरेका थिए। बोल्सोनारोलाई प्रतिस्थापन गरेका लुइस इनासियो लुला दा सिल्भा पनि पेलेको

श्र’ द्धाञ्जलि सभामा उपस्थित हुने बताइए पनि यकिन भने भएको छैन। रंगशालामा हजारौँ मानिस जम्मा हुने अनुमान गरिएको छ। ब्राजिलले राष्ट्रिय सम्पत्ति घोषणा गरेका पेले तीन पटकका फिफा विश्वकप विजेता हुन्। पेलेको भोलि दा’ हसंस्कार गरिने जानकारी दिइएको छ।

यो पनि – स्टार फरवार्डद्वय लियोनेल मेस्सी र नेयमार अनुपस्थित रहेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले हार बेहोरेको छ ।फ्रान्सेली लिगको दोस्रो स्थानमा रहेको आरसी लेन्सले पिएसजीलाई ३-१ ले पराजित गरेको हो । पिएसजीले खेलको सुरुवातमै पछि परेर बराबरी गरेपनि घरेलु टोलीेले दुई गोल थप्दै जित पक्का गर्यो ।

यो पिएसजीले जारी सिजनमा भोगेको पहिलो हार हो ।प्रेम्स्ला फ्रान्कोस्कीले पाँचौ मिनेटमा गोल गर्दै लेन्सलाई अग्रता दिलाए । पिएसजीका ह्युगो एकिटिकेले तीन मिनेटपछि नै बराबरी गोल फर्काए । २८ अ‍ौं मिनेटमा लुइस अ‍ोपेन्डाले सेको फोफानाको पासमा गोल गर्दै पुन अग्रता दिलाए ।दोस्रो हाफको तेस्रो मिनेटमै लेन्सले अग्रता बढायो ।

एलेक्सिस क्लाउड मरिसले गोल गर्दै ३-१ ले अघि राखे । पिएसजीले त्यसपछि आक्रामक परिवर्तन गरेपनि गोल फर्काउन सकेन । लिगको १७ अ‍ौं खेलमा पराजय भोगेपनि पिएसजी ४ अंकले अघि छ ।स्टार फरवार्डद्वय लिओनेल मेस्सी र नेयमार अनुपस्थित भएको खेलमा किलीयन एमबाप्पेले आक्रमणको जिम्मेवारी सम्हालेका थिए ।

तर उनले गोल गर्न भने सकेनन् । मेस्सी अर्जेन्टिनालाई फिफा विश्वकप कतार २०२२ को उपाधि दिलाएपछि क्लब फर्केका छैनन् । उनी यसै साता फ्रान्स फर्कने क्लबले जनाएको छ ।यता नेयमार भने प्रतिबन्धका कारण आजको खेलमा उपस्थित थिएनन् ।ब्राजिलियन फरवार्डले स्ट्रासबर्गविरुद्ध पछिल्लो खेलमा रातो कार्ड पाएपछि खेल गुमाए ।

उनले उक्त खेलमा विपक्षीको पेनाल्टी क्षेत्रभित्र डाइभ हानेपछि रेफ्रीले दोस्रो पहेंलो कार्ड देखाउँदै बाहिर पठाएका थिए ।पिएसजीको १७ खेलमा ४४ अंक छ । लेन्स १७ खेलमा ४० अंक जोड्दै पछ्याइरहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment