Latest
img

पशुपतिनाथ मन्दिरको ९ रोपनी ९ आना जग्गा मारवाडी सेवा समितिको कब्जामा !

काठमाडौं ।पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौताविपरीत पशुपतिनाथको नाममा रहेको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समिति नेपालले कब्जा गरेको छ । पशुपतिनाथ मन्दिर संरक्षण र पशुपतिनाथको नाममा रहेको सम्पत्ति संरक्षण गर्न कोषसँग गरिएको

सम्झौताविपरीत धर्मशाला सञ्चालन गर्न भनी दिएको जग्गामा सेवा समितिले अरू नै संरचना बनाएर व्यवसाय सञ्चालन गर्दै आएको छ ।धर्मशाला सञ्चालन गर्ने सम्झौता भए पनि सेवा समितिले काठमाडौंको गौशालास्थित पशुपतिनाथ मन्दिरको जग्गामा होटल, रेस्टुरेन्ट, लजसहितको व्यापार व्यवसाय सञ्चालन गरेको पशुपति क्षेत्र विकास कोषले आरोप लगाएको छ ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतिरमण अधिकारीका अनुसार विसं २०६० जेठ १२ गते भएको सम्झौताविपरीत सेवा समितिले धर्मशालामा व्यवसाय सञ्चालन गरिरहेको हो। सम्झौताअनुसार सेवा समितिले वार्षिक ५१ हजार रुपियाँ कोषलाई बुझाउनुपर्छ ।’सहयोग’ शीर्षकमा उक्त रकम बुझाउने र समयानुकूल सम्झौता नवीकरण गर्ने भनिएको थियो ।

तर समितिले पशुपतिनाथ मन्दिरको जग्गामा मोहियानी हक भएको दाबी गर्दै सम्झौता नवीकरण गर्न वा धर्मशाला छोड्न अस्वीकार गर्दै आएको छ। उल्टै थप संरचना बनाएर सम्पत्ति हत्याएको छ । उहाँले भन्नुभयो, “कोष र मारवाडी सेवा समितिबीच भएको सम्झौताबमोजिम गौशाला धर्मशालाभित्र निर्माण गरिने संरचनाहरूमा कोषको स्वीकृति लिनुपर्ने हुन्छ ।

तर समितिले नियमको पालना नगरी पक्की संरचना खडा गरी व्यवसाय सञ्चालन गरेको छ।”धर्मशाला छोड्न अस्वीकार गर्दै आएको छ। उल्टै थप संरचना बनाएर सम्पत्ति हत्याएको छ । उहाँले भन्नुभयो, “कोष र मारवाडी सेवा समितिबीच भएको सम्झौताबमोजिम गौशाला धर्मशालाभित्र निर्माण गरिने संरचनाहरूमा कोषको स्वीकृति लिनुपर्ने हुन्छ ।

तर समितिले नियमको पालना नगरी पक्की संरचना खडा गरी व्यवसाय सञ्चालन गरेको छ।”प्रवक्ता अधिकारीले पशुपतिनाथ मन्दिरमा आउने भक्तजनको सेवाका लागि सञ्चालित धर्मशालामार्फत सेवा समितिले व्यवसाय सञ्चालन गरेपछि सम्झौताविपरीतका गतिविधि सञ्चालन नगर्न पत्राचार गर्दा पनि सेवा समितिले ती कार्य नरोकेको बताउनुभयो ।

मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयलले मानवीय सेवाकै लागि धर्मशाला प्रयोग भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “त्यस्तो केही होइन, हामीले नियमअनुसार नै गरेको छौं । बाँकी कुरा पछि गरौंला।”विसं २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी र मारवाडी सेवा समितिबीच नौ बुँदे सम्झौता भएको थियो ।

सम्झौतापत्रमा अमालकोट कचहरीका तर्फबाट द्वारे कृष्णलाल वैद्य सेवा समितिका तर्फबाट महासचिव शिव भगवान् अग्रवालले हस्ताक्षर गर्नुभएको छ ।सम्झौतापत्रमा पशुपतिनाथ अमालकोट कचहरीको नाममा मालपोत कार्यालयमा दर्ता स्रेस्ता कायम भइरहेको साबिक पशुपति वडा नं. २ (क) कि.नं. ८३ को ४-१५-२-० र

सोही स्थानको कि.नं. ८५ को ४-१०-०-० क्षेत्रफल जग्गा दुवै कित्तामा गौशाला धर्मशालाको उद्देश्यअनुसार सेवा समितिले आफैँले वा आफूअन्तर्गतको सञ्चालक समितिमार्फत साबिकबमोजिम गौशाला धर्मशालाका नामबाट पूर्ण जिम्मेवारी लिएर सञ्चालन गर्ने उल्लेख छ ।

गौशाला धर्मशाला सञ्चालित कित्ता नं. ८३ र ८५ पशुपति गुठीको जग्गा तथा सो जग्गामा बनेका धर्मशालासमेतका स्थायी संरचना कुनै व्यक्तिको निजी सम्पत्ति नहुने, बेचबिखन, दानदातव्य आदि गैह हक छाडा गर्न नपाइने उल्लेख छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment