Latest
img

बिदेशबाट आइफोन लिएर आइरहेका नेपालीको आइफोन धमाधम जफत किन गरिदैँछ ?

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम ९एमडीएमएस० प्रणाली कार्यान्वनमा रोक लगाए पनि विदेशबाट आउने नेपालीहरुले विमानस्थलस्थित भन्सार कार्यालयमा झमेला व्यहोर्नुपरेको छ ।जनवरी १ देखि एमडीएमएस प्रणाली

लागू गर्ने तयारी भएपनि चौतर्फी विरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को ठाडो निर्देशनमा तत्काल कार्यान्वयन रोकिएको हो। तर, त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीले आफूहरुलाई केही निर्देशन नआएको भन्दै अमेरिकाबाट आएका एक नेपालीले ल्याएको आइफोन जफत गरेका छन् ।

टर्कीस एयरबाट सोमबार काठमाडौं आएका झापाका दुधलाल ९डीएल० नेम्वाङले ल्याएको आइफोनको भन्सार लाग्ने भन्दै कर्मचारीले जफत गरिदिएका हुन्। नेम्वाङले आफूले प्रयोग गरिरहेको बाहेक अमेरिकाबाट एउटा आइफोन ल्याएको बताए । नेम्वाङले भने,‘भन्सार लाग्छ भनेर फोन कर्मचारीले राखेका छन् ।

प्रधानमन्त्रीज्यूले तत्काल एमडीएमएस प्रणाली लागू नगर्न निर्देशन दिएपछि आइफोन लिएर आएको हुँ । झमेलामा पो परेँ ।ुभन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले एमडीएमएस प्रणाली लागू नगर्न सबै भन्सार कार्यालयहरुमा पत्राचार गरिएको बताए ।उनले थप बुझ्न विमानस्थल कार्यालय भन्सार कार्यालयमा सम्पर्क गर्न आग्रह गरे।

‘मसँग एउटा आफूले चलाइरहने पुरानो मोबाइल छँदै थियो, अर्को एउटा नयाँ मोबाइल पनि ल्याएको थिएँ’ उनले भने ‘विमानस्थलमा अवतरणपछि चेकिङका क्रममा मैले ल्याएको नयाँ मोबाइल भन्सारका कर्मचारीले जफत गर्नुभयो ।’ती कर्मचारीहरुलाई प्रधानमन्त्री दाहालको शुक्रबारको निर्देशनबारे आफूले जानकारी गराए पनि नमानेको उनले बताए ।

उनले भने ‘प्रधानमन्त्रीले नै दुईटा मोबाइलसम्म ल्याउनेलाई जफत नगर्नु भन्ने सुनेर ल्याएको थिएँ, तर भन्सारका कर्मचारीले हामीले नियम मान्नुपर्छ, भनेर उल्टै मेरो मोबाइल दिन नसक्ने भन्दै जफत गरी चिट काटिदिनुभयो ।’ तोकिएको भन्सार शुल्क तिर्नुस्, अनि तपाईको मोबाइल लैजानुस् भनेर भन्सारका कर्मचारीले कागजको टुक्रा थमाएको उनले गुनासो गरे ।

‘मजस्ता विदेशबाट फर्कने धेरैले विमानस्थलमा यस्तै सास्ती भोग्नुपरेको होला । मैले आफूले नै प्रयोग गर्नका लागि थप एउटा मोबाइल मात्रै ल्याएको थिएँ, यहाँभन्दा केही सस्तो हुने भएकाले त्यो फोन किनेर ल्याएको हो’ नेम्वाङले भने ‘तर भन्सार नै तिर्नुपरेपछि मोबाइलको मूल्य त बजारमैजस्तो हुने भयो ।

मजस्तै विदेशबाट आउँदा मोबाइल ल्याउनेले अब प्रधानमन्त्रीको कुरालाई कसरी विश्वास गर्नु ?’तर, त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालमा फोन गर्दा कर्मचारीले कुनै प्रतिक्रिया दिएनन्। त्रिअवि भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलको सम्पर्क नम्बर माग्दा समेत त्यहाँका कर्मचारीले नम्बर दिन मानेनन्।

०१(७४७०३८२ नम्बरमा फोन गर्दा उठाउने कर्मचारीले पोखरेल सरको फोन नम्बर दिन नमिल्ने बताइन्। दोहोर्‍याएर तेहर्‍याएर माग्दा पनि उनले पोखरेलको नम्बर दिन नमिल्ने बताइन्। उनले भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेलाई फोन गर्न आग्रह गरिन्। तर,प्रवक्ता पाण्डेको फोन स्वीच अफ थियो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment