Latest
img

बैंकर रविना देशराजले छोरा बुहारीलाई पनि भेटाएकी थिइन् आफ्नो बिदेशी प्रेमी

सेलिब्रेटी बैंकर रविना देशराज नयाँ प्रेमीसँग घुमघाममा व्यस्त छिन्। दक्षिण अफ्रिकी टापु राष्ट्र मडागास्कार उनीहरु दुवैजना घुम्न व्यस्त छन्। मेगा बैंकको कामू सीईओबाट राजीनामा दिएर उनी नेपालबाट बाहिरएकी हुन्। उनले अबको बसाई भारत हुने समेत बताइसकेकी छन्।

उनले सामाजिक सञ्जालबाट आफ्नो प्रेमीको रहेको खुलस्त पारेकी थिइन् भने प्रेमीसँग नै घुमघाममा रहेको बताएकी छिन्। उनका प्रेमी बेलायती नागरिक स्टुआर्ट अलेक्जेन्डर च्यापम्यान हुन्। गत हप्ता उनी बैंकबाट राजीनामा दिएर नेपालबाट बाहिरिएकी हुन्।

तर उनी बाहिरिनु अघि उनले आफ्नो परिवारलाई समेत आफ्नो प्रेमी भेट गराएकी थिइन्। उनी निकट एक बैंकर भन्छन्, ‘छोरा आयुस्मान देशराजको जन्म दिनको अवसरमा आफ्नो प्रेमीसँग भेट गराएकी थिइन्। पुस ४ गते साँझ परिवारीक भेटघाटमा आफ्नो प्रेमीलाई भेट गराइन्।’

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाँदै छ। मर्जरपछि पनि रविना देशराजलाई सिनियर डेपुटी सीईओको जिम्मेवारी दिने सहमति भएको थियो। तर उनले बैंर्कर पेशाबाट बाहिरिने निधो गरेकी थिइन्। गत हप्ता मात्रै मेगा बैंकको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको थियो।

उनी केही वर्षअघि देखि मेगा बैंकको डेपुटी सीईओ थिइन। मेगा बैंकको सीईओ अनुपमा खुञ्जेलीको कार्यकाल सकिएपछि उनलाई सीईओको जिम्मेवारीसमेत दिइएको थियो। उनी ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन्। उनीसँग स्ट्याण्डर्ड चार्टर्ड, नबिल र मेगा बैंकमा काम गरेको अनुभव छ।

यो पनि – नेपाल राष्ट्र बैंकले प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले प्रभुले सेञ्चुरीलाई प्राप्ति गर्ने प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको सेञ्चुरी बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिएका हुन्।

‘अब दुवै बैंकको एकीकृत कारोबार पुस २९ गतेबाट हुनेछ’, उनले भने। दुवै बैंकको गत पुस १४ गते सम्पन्न वार्षिक साधारणसभाबाट प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने प्रक्रियालाई स्वीकृत गरेको थियो। साधारणसभाबाट प्राप्ति प्रक्रिया स्वीकृत भएसँगै दुवै बैंकले अन्तिम स्वीकृतिका लागि आइतबार (पुस १७ गते) राष्ट्र बैंकमा निवेदन दिएका थिए।

गत साउन १५ गते यी दुुई बैंकबीच प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। प्रभुले सेञ्चुरीलाई १ः१ सेयर स्वाप रेसियामा प्राप्ति गरेको हो। सेञ्चुरीलाई प्राप्ति गरेपश्चात प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ। हाल प्रभु बैंकको चुक्तापुँजी १२ अर्ब ७० करोड रुपैयाँ र सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। सेञ्चुरीलाई प्राप्ति गरेपछि प्रभु बैंकको चुक्तापुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment