Latest
img

आरआर क्याम्पसका ३ जना गुण्डा निष्कासित

काठमाडौं । यही पुस १३ गते रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा बिहान कक्षा सञ्चालन भइरहेका समयमा परिसरभित्र हिं’ सात्मक गतिविधिमा संलग्न विद्यार्थी कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई क्याम्पसबाट निष्कासन गरिएको क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीले जानकारी गराउनुभएको छ ।

आन्तरिक विवादका कारण खु’ कुरी प्र’ हारबाट अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का, पवन खड्का र हर्क बोहरा रहेका गरी चारजना विद्यार्थी घा’ इते भएका थिए ।पढाइ भइरहेको समयमा क्‍याम्पस परिसरभित्र हिं’ सात्मक गतिविधि गरेको भन्‍दै रत्नराज्‍य लक्ष्मी क्‍याम्पस प्रशासनले विज्ञप्ति जारी गरी उनीहरुलाई निष्कासन गरेको हो।

अन्य संलग्न दो’ षीहरुलाई कानुनी कारबाही अगाडी बढाउन प्रहरी समक्ष रत्नराज्यलक्ष्मी क्यामपसले आग्रह गरेका छ। कक्षा सञ्चालन भइरहेको समयमा क्‍याम्पसभित्र हिं’ सात्मक गतिविधि गरेको र शैक्षिक वातारणमा खलल पुर्‍याएकाले निष्कासन गरेको क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले बताए।

पुस १३ गते प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झ’ डप भएको थियो। पुस १३ गते प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झ’ डप भएको थियो। झ’ डपमा विद्यार्थी मदन भण्डारी , लोकेश खड्का, हर्क बोहरा घाइते भएका थिए।

यो पनि – जिल्ला समन्वय समिति सुर्खेतको छैटौँ सभा वीरेन्द्रनगरस्थित समितिको सभाहलमा सम्पन्न भएको छ ।सभाको उद्घाटन सत्रमा गर्दै पूर्वमन्त्री एवं कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले प्रदेश र स्थानीय सरकारबीच समन्वयका लागि जिल्ला समन्वय समितिले पुलका रूपमा काम गर्नुपर्ने बताउनुभयो ।

विकास निर्माण र योजनाको प्रभावकारिता एवं गुणस्तरीयताका लागि समन्वय समितिले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन कँडेलले सुझाव दिनुभयो । फरक फरक ठाउँ र जिम्मेवारी भए पनि सबैको उद्देश्य जनताका लागि काम गर्नु भएकाले समन्वय, सहकार्य र सहयोग अपरिहार्य भएको उहाँको भनाइ छ ।

यस्तै प्रदेशसभा सदस्य कृष्णबहादुर जिसीले जिल्लाको एकीकृत विकासका लागि जिल्ला समन्वय समितिले स्थानीय तहहरूबीचको समन्वयलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । एउटा स्थानीय तहले गरेका राम्रा अभ्यासको आदानप्रदानका लागि पनि समन्वय समिति उपयुक्त माध्यम हुनसक्ने जिसीको भनाइ छ ।

प्रदेशसभा सदस्य खड्क पोख्रेलले स्थानीय सरकार–सरकारबीच तथा प्रदेश सरकारसँग समन्वयका लागि जिल्ला समन्वय समितिको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । सभामा जिल्ला समन्वय समितिका प्रमुख गङ्गाराम सुनारले नेपालको संविधानले सबै सरकारको समन्वय सहकार्यलाई जोड दिएको उल्लेख गर्दै जिल्लाको समग्र विकासका लागि सहकार्य जरुरी रहेको बताउनुभयो ।

उहाँले सामूहिक प्रयासबाट मात्रै विकास सम्भव भएकाले समन्वय र सहकार्यबाट मात्रै सबैको साझा गन्तव्यमा पुग्न सकिने विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख सचिनकुमार बडुवालले सीमित स्रोतसाधन र अधिकार क्षेत्रका कारण जिल्ला समन्वय समितिले सोचेअनुरूप काम गर्न नसकेको भन्दै गुणस्तरीय विकासका लागि भूमिकालाई बढाउनुपर्नेमा जोड दिनुभयो ।

सभाबाट आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ ।स्थानीय तहहरूमा सञ्चालन गरिने रु ५० लाखभन्दा बढीका योजना तथा कार्यक्रमहरूको स्थानीय तहहरूसँगको समन्वयमा अनुगमन गरी सम्बन्धित स्थानीय तह कर्णाली प्रदेश सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आवश्यक सुझावसहित प्रतिवेदन पेस गरिनेछ ।

स्थानीय तहका पदाधिकारी एवं कर्मचारीका लागि स्थानीय तहको मागअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको समन्वयमा स्थानीय तहका विभिन्न क्षमता विकासका कार्यक्रमहरू सञ्चालनमा ल्याइने, जिल्लालाई सूचना तथा अभिलेख केन्द्रका रूपमा विकास गर्ने, स्थानीय तहहरूको सूचनालाई एकीकृत गरी जिससलाई सूचना बैंकका रूपमा विकास गर्नेलगायतका योजना रहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment