Latest
img

आमा बनेपछि सुत्केरी आलिया भट्ट डोरीमा उल्टो झु’ ण्डिएर गर्छिन योग !

आलिया र रणवीरको भेट सन् २०१७ मा फिल्म ‘ब्रह्मास्त्र’को सेटमा भएको थियो । त्यसपछि उनीहरुले डेटिङ सुरु गरेका थिए । रणवीर र आलियाले यसै वर्षको १४ अप्रिलमा विवाह गरेका थिए । विवाहको दुई महिनामै आलियाले आफू गर्भवती भएको खबर सार्वजनिक गरेकी थिईन ।

अहिले उनि आमा बनेपछि सुन्दर देखिनका लागि निकै मेहनत पनि गरेकी छिन्। बलिउड अभिनेत्री आलिया भट्ट आजकाल मातृत्वको आनन्द लिइरहेकी छिन् । आलिया भट्टको डेलिभरी भएको करिब डेढ महिना लागेको छ । प्रसवपछि आलियाले आफ्नो फिटनेसमा धेरै ध्यान दिएको देखिन्छ ।

नायिका प्रायः जिम जाने गरेको देखिन्छ । अब आलिया भट्टले आफ्नो फिटनेसको रहस्य सेयर गरेकी छिन् ।राहाको जन्मपछि आलिया भट्ट आफ्नो दैनिकीमा फर्किएकी छिन् । अभिनेत्रीले इन्स्टाग्राममा एक पोस्ट सेयर गरेकी छिन् । यो तस्विरमा आलिया एरियल योगा गरिरहेको देख्न सकिन्छ ।

प्रसवपछि आलियाले यस्तो कठिन योग गरेको देखेर फ्यानहरु छक्क परेका छन् । पोष्ट सेयर गर्दै आलियाले लेखेकी छिन्, ‘डेलीभरी भएको डेढ महिनापछि म बिस्तारै आफ्नो कोरसँग जोडिँदैछु । आज मैले अंशुका योगको पूर्ण मार्गदर्शनमा यो परीक्षण गरें।

सबै आमाहरूलाई जन्म पछि आफ्नो शरीर लाई सुन्न जरुरी छ भनिन्छ। तपाईंको शरीरले गर्न नदिने कुनै पनि काम नगर्नुहोस्। आलियाका प्रशिक्षकले उनको योगा गरेको भिडियो पनि सोसल मिडियामा सेयर गरेकि छिन् । आलिया भन्छिन्, ‘पहिले दुई हप्तासम्म मैले कसरतको क्रममा मात्र सास फेरेकी थिएँ ।

हिँडे। मेरो स्थिरता र सन्तुलन पुनस् प्राप्त भयो। आफ्नो समय लिनुहोस्। तपाईंको शरीरले गरेको कामको कदर गर्नुहोस्। आफ्नो फिटनेसबारे उनी भन्छिन्,‘मलाई मेरो फिगर बनाउनु छ भन्नेबारे म सोच्दिनथे। सिर्फ स्वस्थ र फिट रहने रहनुपर्छ भन्ने कुरामा विश्वास गर्दथे।’

तर, अहिले आलिया नियमित रुपमा जिममा एक्सरसाइज र योगा गर्छिन। आलिया आफ्नो इन्स्टाग्राममा आफ्नो एक्सरसाइज र योगा गरिरहेको र स्वस्थ खाना खाइरहेको भिडियो र तस्विर सेयर गरिरहेकी हुन्छिन्। आलियालाई एक्सरसाइज र वर्कआउट गर्न मन पर्छ।

खासगरि धेरैजसो सेलिब्रेटी विकेंडमा एक्सरसाइट गर्न छोड्छन्। तर आलिया समय पाएसम्म विकेंडमा पनि वर्कआउट गर्छिन। आलिया भट्ट र कटरीना कैफको भेट पनि जिममा नै भएको थियो। कटरीनाले आलियालाई जिम रुटीन र दैनिक तालिममा धेरै मदत गरेकी थिइन। उनी आफ्नो स्किन केयरमा पनि निकै सजग छिन्।

उनी दिनमा कसमेकम २ पटक स्किन क्लिजिंग गर्ने बताउँछिन्। राति सुत्नु अघि सबै मेकअप सफा गर्ने गर्छिन। आलियाले एक इन्टरभ्यूमा भनेकी थिइन,‘मलाई धेरै र पटकपटक मेकअप गर्न मन पर्दैन। तर, सुटिङमा लगाउनुपर्छ। म व्यक्तिगत रुपमा सिम्पल रहन मन पराउँछु।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment