Latest
img

लियोनल मेस्सीको यस्तो छ व्यक्तिगत जिन्दगी, यतिधेरै छ सम्पत्ति

काठमाडौं । अर्जेन्टिना टोलीका कप्तान तथा विश्वमा सबैभन्दा धेरै कमाउने खेलाडी मध्ये एक हुन् लियोनल मेस्सी । खेल जस्तै कमाइको हिसाबमा पनि उनी अगाडि छन् । उनलाई विश्वकै धनी खेलाडी मानिन्छ । मेस्सीको कप्तानीमा अर्जेन्टिनाको टोली फिफा विश्वकप २०२२ जितेको थियो ।

अर्बौंको सम्पत्तिका मालिक मेस्सी निकै विलासी जीवन बिताइरहेका छन् । उनीहरूको विलासी घर, निजी जेट र कारको सङ्ग्रह हेरेर यसको अनुमान लगाउन सकिन्छ । खेलकुद बाहेक उनी ब्रान्ड समर्थन मार्फत पनि ठूलो रकम कमाउँछन्। नोभेम्बर २०२२ सम्ममा

लियोनेल मेस्सीको कुल नेटवर्थ ६० करोड डलर अर्थात मेस्सीको हालको कुल सम्पत्ति करिब ७ हजार ९२३ करोड नेपाली रुपैयाँ छ ।खेलकुदका बाहेक उनले धेरै चर्चित ब्रान्डको प्रमोशनबाट पनि मनग्य आम्दानी गर्छन् । फोर्ब्सका अनुसार मेस्सीले गत वर्ष १३ करोड डलर अर्थात् करिब १६ अर्ब नेपाली रुपैयाँ कमाएका थिए ।

रिपोर्टका अनुसार मेस्सीको दैनिक कमाई १ लाख ५ हजार डलर रहेको छ । मेस्सीले फुटबलको सबैभन्दा प्रतिष्ठित बालोन डी’ओर अवार्ड सात पटक जितेका छन् ।उनले महान् खेलाडी डिएगो म्याराडोना र जाभियर मास्चेरानोको चार विश्वकपको कीर्तिमानलाई पछाडि छोडेका छन्।

विश्वकपमा गोल्डेन बुटको दौडका बलियो दाबेदार मेस्सीसँग विश्वभर आलिशान घरहरू छन् । यसमा बार्सिलोनाको नो फ्लाई जोन बङ्गला समावेश छ। यससँगै उनी विलासी होटलका मालिक पनि हुन् ।बार्सिलोना क्लबबाट खेलिसकेका मेस्सीको बार्सिलोनामा नै आलिशान बङ्गला छ ।

यो बङ्गला समुन्द्रको छेउमा छ र यसको लागत करिब ८३० करोड रुपैयाँ छ । मेस्सीसँग निजी जेट पनि छ । मेस्सी प्रायः आफ्नो परिवारसँग यो जेटमा यात्रा गरेको देखिन्छ। यस जेटको पछाडि १० नम्बरको चिन्ह छ, जुन मेस्सीको जर्सीको नम्बर पनि हो।

जेटको मूल्य करिब १६० करोड भारु रहेको बताइएको छ ।मेस्सीको यो जेट विशेष गरी अर्जेन्टिनाको कम्पनीले डिजाइन गरेको हो, यसमा दुई वटा बाथरुम, एउटा भान्छा र १६ जनाभन्दा बढी बस्न सक्ने व्यवस्था छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment