Latest
img

दिल्ली उडेको विमानमा महिला यात्रुमाथि पुरुषले पिसाब फेरिदिए

नयाँ दिल्ली- नोभेम्बरमा एयर इन्डियाको फ्लाइटको बिजनेश क्लासमा एक महिला सहयात्रीलाई म’ दिराले मातेका एक व्यक्तिले पिसाब गरिदिएका र कुनै कारबाहीमा नपरी उम्किएका थिए । घटनाको केही हप्तापछि एयर इन्डियाले ती अटेरी व्यक्तिलाई नो–फ्लाई सूचीमा राख्न सिफारिस गरेको छ ।

नागरिक उड्डयन महानिर्देशनालयले एयरलाइन्ससँग प्रतिवेदन मागेको छ । ‘हामीले लापरवाही गर्नेलाई कारबाही गर्छौं,’ नियामक महानिर्देशनालयले भनेको छ ।नोभेम्बर २६ मा न्युयोर्कबाट दिल्लीका लागि एयर इन्डियाको उडानको बिजनेश क्लासमा ७० वर्षकी एक सह–यात्रीलाई मातेको यात्रुले कथित रूपमा जिपि खोलेर पिसाब फेरिदिएका थिए ।

लन्चपछि पछि बत्ती मधुरो भएकोले के भइरहेको थियो भनेर थोरैले बुझेका थिए । पिसाब गरिसकेपछि अर्को यात्रुले उसलाई छोड्न नभनेसम्म ती व्यक्ति त्यहाँबाट नसरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।महिलाले चालक दलसँग गुनासो गरेकी थिइन् । उनको लुगा, जुत्ता र झोला पिसाबले भिजेको बताइन् । चालक दलले कथित रूपमा उनलाई लुगा र चप्पल दिए र उनको सिटमा फर्किन भनेको थियो ।

यो पनि – विश्वका महान् फुटबल खेलाडी मध्येका एक क्रिस्टियानो रोनाल्डोले अल-नासर फुटबल क्लबसँग खेल्ने बारे आफूले यस निर्णयमा गर्व गरेको बताएका छन् । रोनाल्डो मंगलबार बिहान साउदी अरबको राजधानी रियाद पुगेका थिए ।

उनले साउदी अरेबियाको फुटबल क्लब अल–नासरसँग १७७ मिलियन पाउण्डमा सम्झौता गरेका छन्, जसअन्तर्गत रोनाल्डो २०२५ सम्म क्लबसँग रहनेछन्। साउदी प्रेस एजेन्सीका अनुसार साउदी अरेबिया पुगेपछि रोनाल्डोले अल–नासरमा आबद्ध भएकोमा सन्तुष्टि व्यक्त गरेका छन् ।

साथमा उनी र उनको परिवारललाई गरिएको स्वागतको पनि प्रशंसा गरे। पोर्चुगलका स्टार खेलाडी रोनाल्डोले पत्रकार सम्मेलनमा भने, ‘जीवनमा यति ठूलो निर्णय लिएकोमा मलाई गर्व छ । युरोपमा मेरो काम सकियो। मैले धेरै जितेको छु र युरोपका सबैभन्दा महत्त्वपूर्ण क्लबहरूसँग खेलेको छु। यो अब नयाँ चुनौती हो।’

उनले भने कि अल-नासरले विश्वमा साउदी फुटबलको छवि मात्र होइन देशको धारणा पनि परिवर्तन गर्नेछ। आफूलाई अद्वितीय खेलाडीको रुपमा व्याख्या गर्दै उनले भने, ‘म एक अद्वितीय खेलाडी हुँ । यहाँ हुनु राम्रो छ। मैले त्यहाँका सबै कीर्तिमान तोडेको छु र यहाँ पनि केही रेकर्ड तोड्न चाहन्छु ।

म यहाँ जित्न, खेल्न र खेलको आनन्द लिन आएको छु।’रोनाल्डोले अमेरिका, अष्ट्रेलिया र ब्राजिलबाट आएका धेरै आकर्षक अफर अस्वीकार गरेको बताए । उनी साउदी फुटबलमा योगदान दिन चाहन्थे। अल-नासर क्लबका अध्यक्ष मुसाली अल मुअम्मरले पनि रोनाल्डोलाई स्वागत गर्न पाउनु आफ्नो उपलब्धि बताए ।

रोनाल्डोको म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता सकिएपछि उनको भविष्यका बारेमा धेरै अड्कलबाजी गरिएको थियो ।यो रोनाल्डोको करियरको सूर्यास्त हो भनेर सामाजिक सञ्जालमा समेत लेखिएको थियो ।तर साउदी अरेबियाको फुटबल क्लबसँगको यस्तो महँगो सम्झौतापछि केही समयका लागि यी अड्कलहरूको अन्त्य भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment