काठमाडौँ — शुक्रबारबाट सुरु हुने पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइन प्रवेश गरेका दुई नेपाली टोलीको हौसला बढाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पत्नीसहित इन्डोनेसियाको जकार्ता पुगेका छन् ।
आफ्नो फेसबुक पेजमा एक पोस्टसमेत गरेर नेपाली टोलीहरु डीआरएस गेमिङ र टीटुके समूहलाई शुभकामना दिएका उनले नेपाली टोलीको प्रदर्शनको बारेमा निरन्तर लेख्ने गरेका छन् ।बालेनबारे जानकार स्रोतका अनुसार उनले प्रतियोगतामा सहभागी हुन जाने टोलीहरुलाई विदाई समेत गरेका थिए ।
यसअघि मेयर निर्वाचित भएपछि बालेनको नेतृत्वमा महानगरपालिकाले आफ्नो कार्यक्रममा ई–स्पोर्टस्सँग सम्बन्धित गतिविधि र प्रतियोगिताको सहयोगका लागि बजेट विनियोजन गरेपछि उनको ई स्पोर्टस्प्रतिको लगाव चर्चाको विषय बनेको थियो । यस विषयमा जिज्ञासा राख्दा महानगरपालिकाका
प्रवक्ता नविन मानन्धरले मेयरको भ्रमण अनौपचारिक भएकाले विस्तृतमा थाहा नभएको बताए । साथै, उनले ई स्पोर्टस् प्रवर्द्धनको लागि बजेट विनियोजन भएको भए पनि अहिलेसम्म खर्च भइनसकेको जानकारी दिए ।जकार्ताको इन्टरनेसनल एक्स्पोमा आयोजना हुने तीन दिने
यो ग्र्यान्ड फाइनल प्रतियोगितामा विभिन्न देशका १६ टिमले १५ लाख डलर राशीको पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । सो टिममा चीनका ३, ब्राजिलका ३, नेपालका २, टर्कीका २, मंगोलियाका २, थाइल्यान्डका २ र मलेसिया तथा इन्डोनेसियाका एक एक टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यो पनि – विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडमाथि तीन रनको नाटकीय जित हात पारेसँगै प्लेअफ दौड रोचक बनेको छ । फार वेस्टले अन्तिम ओभरमा मात्रै ६ रन बनाउन नसकेपछि लिगबाटै बाहिरिने पहिलो टोली बनेको छ ।
पोखरा, काठमाडौं र विराटनगरबीच प्लेअफमा स्थान बनाउन अव प्रतिस्पर्धा हुनेछ ।जितको लागि १ सय ४८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको फार वेस्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । फार वेस्टलाई अन्तिम ६ बलमा जितको लागि ६ रन चाहिँएको थियो ।
तीव्र गतिका बलर केओन जोशेफले मात्रै दुई रन खर्चिएपछि विराटनगरले अन्तिम ओभरमा नाटकीय जितका साथ प्लेअफ सम्भावना बलियो बनाएको छ ।जोशेफले पहिलो बल प्रकाश जैशीलाई एक रन दिए । त्यसपछिका दुई बल उमेर अलीलाई डट राखे ।चौथो बलमा एक र पाँचौं बलमा रन आउट भए । अन्तिम बलमा चार रन चाहिँदा दुर्गेश गुप्ता मिस हुँदै रन आउट भए ।
फार वेस्टका कप्तान हश्मातुल्लाह शाहिदीले ४६ बलमा ८ चौका र १ छक्कासहित ५८ रनमा आउट भए । विनोद भण्डारी १०, देव खनाल ५, भीम सार्की ९ र नुर अहमद १० रनमा आउट भए । उमेर अलीले १२ बलमा १ चौका र २ छक्कासहित २३ रन बनाए ।
विराटनगरका राज नन्ननले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । सूर्य तामाङले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । नन्दन यादव र केओन जोशेफले एक एक विकेट लिए ।त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो ।
विराटनगरका हुसेन तालतले २९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । विवेक यादव २० बलमा २ चौका र २ छक्कासहित ३५ रनमा अविजित रहे ।ओपनर गौरांशु शर्मा एक, प्रदीप ऐरी ३ र रोहित पौडेल २९ बलमा २१ रन बनाउँदै आउट भए ।
अर्जुन साउद २६ बलमा ३ चौकासहित २२ र पृथु बाँस्कोटा शून्यमा आउट भए । फार वेस्टका उमेर अलीले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । करण केसी र दुर्गेश गुप्ताले एक एक विकेट लिए ।
Leave A Comment