फुटबलका महान् खेलाडी पेलेकोको सम्मानमा ब्राजिलको रियो द जनेरियोस्थित माराकाना रंगशाला नजिक रहेको सडकको नाम फेरेर ‘किङ पेले मार्ग’ बनाएको छ। किङ पेले मार्ग माराकाना रंगशालादेखि एक दशमलव चार किलो मिटरसम्म छ।
सहरका मेयर एडुआर्डो पेसले ८२ वर्षको उमेरमा नि’ धन भएका ब्राजिल आइकनको सम्मानमा रियो दि जेनेरियोको पौराणिक माराकाना स्टेडियम जाने सडकको नाम परिवर्तन गरिएको जानकारी दिएका छन्। यसअघि यो सडकलाई एभेनिडा रेडियल ओस्टे (वेस्ट रेडियल) भनेर चिनिन्थ्यो।
माराकाना रंगशाला विश्वको सबैभन्दा प्रसिद्ध फुटबल स्टेडियमहरू मध्ये एक हो। यहाँ सन् १९५० र २०१४ मा दुई वटा विश्वकप फाइनल खेल आयोजना भएका थिए। यो रंगशाला पत्रकार मारियो फिल्होको नाममा राखिएको थियो। जसले यसलाई सन् १९४० पुनः निर्माणको लागि अभियान चलाएका थिए।
यसअघि पनि मैदानको नाम पेलेको नाममा राख्नुपर्ने आह्वान गरिएको थियो।यो सँगै ब्राजिलको माराकाना स्टेडियमको नाम पनि देशको फुटबल लिजेन्ड पेलेको नाममा राखिने भएको छ। यसका लागि रियो दि जेनेरियो राज्यको विधानसभाले मंगलबार यो रंगशालाको नाम एडसन एरान्टेस डो नासिमेन्टो – रे पेले स्टेडियममा परिवर्तन गर्न मतदान गरेको थियो।
८० वर्षीय पेलेको पूरा नाम एडसन एरान्टेस डो नासिमेन्टो हो। उनले ब्राजिलका लागि धेरै पटक यहीँ स्टेडियममा खेलेका थिए र त्यहाँ सन् १९६९ मा स्थानीय क्लब भास्को दा गामा विरूद्ध सान्तोसका लागि आफ्नो १,००० औं गोल पनि यही रंगशालामा पुरा गरेका थिए। पेलेले तीन पटक फिफा विश्वकप जितेका थिए।
यो पनि – शुक्रबारबाट सुरु हुने पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइन प्रवेश गरेका दुई नेपाली टोलीको हौसला बढाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पत्नीसहित इन्डोनेसियाको जकार्ता पुगेका छन् ।आफ्नो फेसबुक पेजमा एक पोस्टसमेत
गरेर नेपाली टोलीहरु डीआरएस गेमिङ र टीटुके समूहलाई शुभकामना दिएका उनले नेपाली टोलीको प्रदर्शनको बारेमा निरन्तर लेख्ने गरेका छन् ।बालेनबारे जानकार स्रोतका अनुसार उनले प्रतियोगतामा सहभागी हुन जाने टोलीहरुलाई विदाई समेत गरेका थिए ।
यसअघि मेयर निर्वाचित भएपछि बालेनको नेतृत्वमा महानगरपालिकाले आफ्नो कार्यक्रममा ई–स्पोर्टस्सँग सम्बन्धित गतिविधि र प्रतियोगिताको सहयोगका लागि बजेट विनियोजन गरेपछि उनको ई स्पोर्टस्प्रतिको लगाव चर्चाको विषय बनेको थियो । यस विषयमा जिज्ञासा राख्दा महानगरपालिकाका
प्रवक्ता नविन मानन्धरले मेयरको भ्रमण अनौपचारिक भएकाले विस्तृतमा थाहा नभएको बताए । साथै, उनले ई स्पोर्टस् प्रवर्द्धनको लागि बजेट विनियोजन भएको भए पनि अहिलेसम्म खर्च भइनसकेको जानकारी दिए ।जकार्ताको इन्टरनेसनल एक्स्पोमा आयोजना हुने तीन दिने
यो ग्र्यान्ड फाइनल प्रतियोगितामा विभिन्न देशका १६ टिमले १५ लाख डलर राशीको पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । सो टिममा चीनका ३, ब्राजिलका ३, नेपालका २, टर्कीका २, मंगोलियाका २, थाइल्यान्डका २ र मलेसिया तथा इन्डोनेसियाका एक एक टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
Leave A Comment