काठमाडौं । सरकारले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको अनुसन्धान अघि बढाउने नीति लिएको छ । सरकारको न्यूनतम साझा कार्यक्रमको प्रस्तावित मस्यौदामा भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि
कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अघि बढाउने उल्लेख छ ।उपप्रधान तथा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको कार्यदलले मस्यौदा गरेको न्यूनतम साझा कार्यक्रमलाई शनिबार शीर्ष नेताहरुको बैठकपछि सार्वजनिक गरिनेछ ।
प्रस्तावित मस्यौदामा एक वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउनेदेखि स्थानीय तहले लिँदै आएको पञ्जीकरणसम्बन्धी सबै शुल्क हटाउनेसम्मका कार्यक्रम समेटिएका छन् ।त्यस्तै एमालेले घोषणापत्रमा उल्लेख गरेको महिनावारी हुने उमेर समूहका सम्पूर्ण महिलाका लागि
गुणस्तरीय स्यानिटरी प्याड किन्न वार्षिक १५ सय रुपैयाँ उपलब्ध गराउनेसमेत सरकारको कार्यक्रममा समेटिएको छ ।सत्तारुढ दलहरु २७ पुसमा सार्वजनिक विदा दिन सहमत भएका छन् । सरकारको न्यूनमत साझा कार्यक्रम बनाउने गठित कार्यदलले २७ पुसमा सार्वजनिक विदा दिने सहमति जुटेको हो ।
राप्रपाले सरकारमा सहभागिताका लागि राखेका शर्तहरुमा २७ पुसमा सार्वजनिक विदा पनि थियो ।कार्यदलले तयार पारेको सरकारको न्यूनमत साझा कार्यक्रमको मस्यौदामा भनिएको छ, ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने ।’
यो पनि – महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस अहिले गठबन्धन भत्काउनतिर नलाग्ने टिप्पणी गरेका छन्। सभापति शेरबहादुर देउवासँगको भेटबारे सोधिएको प्रश्नमा महामन्त्री शर्माले सभापति र महामन्त्रीका बीचमा भेटघाट र छलफल सामान्य विषय भएको बताए।
उनले २२ गते संसदीय दलको र अन्य बैठकको पूर्वसन्धामा सभापतिसँग छलफल भएको र आफ्नो दृष्टिकोण राखेको उनले बताए । एमाले र माओवादी सत्ता साझेदारीप्रति लक्षित गर्दै उनले क्रिकेटमा अन्तिम ओभरमा गम्भीरता नपुगे हुने क्षति कांग्रेसले ब्योहोरेको टिप्पणीसमेत गरे।
‘हामीले पनि आफूहरुले गरेको गल्तीमा आत्मआलोचना गरेका छौं। पार्टीले भूमिका नदिएको असन्तुष्टि पनि राखेका छौं,’ उनले भने, ‘ सबै कुरा राखेर छलफल गरेका छौं। हामीले शनिबारदेखि आगामी दिनका विषयमा कुराकानी गर्ने भनेका छौं।’ उनले विवाद आउने अनि फेरी अघि वढ्ने पनि बताए ।
पार्टीको वैठकमा सभापति र महामन्त्री दुवैको आलोचना र आत्माओलचना हुने भन्दै सवैको कमजोरी केलाएर जाने रुपमा रहेको उनले बताए । महामन्त्री शर्माले कांग्रेसले कुनै दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री अफर गरेको कुरामा आफू संलग्न नरहेको पनि उनले प्रष्ट बारे।
उनले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने कांग्रेसको अवस्था रहेको बताउँदै उनले भने, ‘भर्खरै बनेको समीकरण अहिले नै भत्काउनेमा कांग्रेस लागेको छैन।’पार्टी सभापति देउवाले पार्टीको आन्तरिक समस्याबारे छलफल गर्न शुक्रबार महामन्त्रीद्वय गगनकुमार थापा र शर्मालाई धुम्बाराही बोलाएका थिए।
प्रधानमन्त्रीबाट बाहिरिएलगत्तै देउवा भाडामा बस्दै आएका छन्। उनले पछिल्ला दिनहरुमा सोही स्थानबाट आफ्ना राजनीतिक भेटघाटको सक्रियता बढाइरहेका छन्। केही दिन अघि उनले शेखर कोइरालासँग पनि छलफल गरेका थिए।
Leave A Comment