काठमाडौं । अवैध संरचना भत्काउन त्रिपुरेश्वर पुगेको नगरप्रहरी टोली ड्युटी सकिएको भन्दै फर्किएका छन् । त्रिपुरेश्वरस्थित टुकुचासँगै टाँसिएका घरटहरा अहिले नै भत्काउने भन्दै गाडी लिएर पुगेको टोली टहरा नभत्काइ फर्किएको हो ।
फिल्डमा खटिएका एक नगरप्रहरीले तत्काल हटाउने गरी उपस्थित भएपनि आफूहरुको ड्युटी सकिएको बताए । “आजै भत्काउने भनेका थियौँ । तर हाम्रो ड्युटी सकियो । उहाँहरुले आफै हटाउनुहोला । यदी उहाँहरुले नभत्काए नगरप्रहरीले पछि भत्काउँछ,” उनले भने ।महानगरले गत साउनदेखि अवैध संरचना भत्काउदै आएको छ ।
यो पनि – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्या कटौती गरेका छन्। आफू मात्रै उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिकको अपेक्षा पूरा नहुने भन्दै गृहमन्त्री लामिछानेले आफ्नो सुरक्षामा खटिने प्रहरीको संख्या घटाएको बताएका छन्।
शुक्रबार बेलुकी उनले सामाजिक सञ्जालमार्फत आफ्नो सुरक्षामा रहने सुरक्षाकर्मीसहितको अगुवा पछुवा गाडी हटाएको जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘नागरिकलाई सुरक्षित महशुस हुने वातावरण निर्माण गर्ने निकाय हो गृह प्रशासन। म यसको नेतृत्वमा रहँदा, म मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिकको अपेक्षा पूरा हुँदैन।
म मेरोभन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्न यो जिम्मेवारीमा आएको हुँ। म आफूले बोलेका कुरा इमान्दारिताका साथ पुरा गर्नेछु।’साथै उनले आफ्नो सुरक्षामा खटिने प्रहरी निरीक्षक नेतृत्वको टोलीलाई घटाएर प्रहरी नायब निरीक्षक (सई)को नेतृत्वमा सुरक्षाकर्मी राखेको पनि बताएका छन्।
‘उपप्रधानमन्त्री एंव गृहमन्त्रीको नियुक्तिलगत्तै मैले मेरो सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरीक्षक (सई)को नेतृत्व सुरक्षाकर्मी राखेको छु। उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा–पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडि एउटा मात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु।
भइपरी आउँदाको परिस्थितिलाई अपवाद मानिदिनु होला।’ गृहमन्त्री लामिछानेले आफूले सधैँ ट्राफिक बत्तीमा लाइन बसेर यात्रा गर्ने र लेन अनुशासन पनि पूर्णरुपमा पालना गर्ने बताएका छन्।
Leave A Comment