अष्टेलिया- अष्टेलियामा नेपाली युवती मृ’ त अबस्थामा भेटिएकी छन् । नयाँ वर्षको दिन सिड्नीको वाट्सन वेमा एक नेपाली युवती मृ’ त अवस्था भेटिएकी हुन् । सिड्नीको नेपाल महावाणिज्यदुत दिपक खड्का अनुसार नि’ धन हुनेमा २२ वर्षिय प्रनिता श्रेष्ठ रहेकी छिन ।
न्यु साउथ वेल्स प्रहरीले घटनाको अनुसन्धान गरिरहेको तथा पो’ ष्टमा’ र्टमको प्रकृया सुरु भइसकेकाले यस बारे थप विवरण दिन नमिल्ने जानकारी गराएको छ ।नेपालस्थित मृ’ तकको आमा र सिड्नीस्थित सानी आमा (आमाकी बहिनी )संग गरिएको कुराकानीका आधारमा मृ’ तक प्रनिता निकै मिलनसार र सहयोगी स्वभावको रहेकी थिईन ।
प्रनिताको श’ व नेपाल पठाउन सानी आमा श्वेता थापाले गोफण्डमी मार्फत सहयोग संकलन सुरु गरेकी छन् ।नेपालमा परिवारको आर्थिक अवस्था कमजोर रहेको तथा श’ व पठाउन १० हजार डलर खर्च हुने भएकाले सहयोग संकलन गरिएको श्वेताले बताईन । यो दुखको घडीमा सबै मिलेर सहयोग गरिदिन स्वेताले अनुरोध गरेकी छन् ।
सहयोग संकलन गर्न गैर आवासिय नेपाली संघ न्युसाउथ वेल्सले समेत सघाउने संयोजक देव गुरुङले जानकारी दिए ।अष्ट्रेलियामा हुनुहुन्छ र मा’ नसिक तनावमा हुनुहुन्छ भने लाइफ लाइनको १३१११४ मा अहिले नै फोन गर्नुहोस् । यो सेवा निशुल्क उपलब्ध छ ।
यो पनि – नेपाल सरकारले कम्बोडियामा ज्यान गुमाएका नीराकार पाण्डेको श’ व नेपाल ल्याउन आर्थिक सहयोग गर्ने भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृ’ त्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग क्याविनेट बैठक अघि भेटघाट गर्नुभएको थियो । प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाई पाण्डेसँग छलफल गरेपछि यस्तो निर्णय बाहिरिएको आँकलन गरिएको छ ।
करिब एक साथा अघि कम्बोडियाको एक होटल क्यासिनोमा भएको भीषण आ’ गलागीमा परेर कम्तिमा १९ जनाको मृ’ त्यु भएको थियो । मृ’ त्यु भएकामध्ये एकजना झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डे थिए । १२ औँ तलामा बसेका उनी आगोलागीबाट बच्ने कुनै उपाय नभएपछि परिवारसँग लामो भलाकुसारी गरेर हा’ म्फलेका थिए ।
सोही क्रममा उनको नि’ धन भएको थियो । अहिले थाइल्याण्डस्थित नेपाली दूतावासमार्फत श’ व ल्याउनका लागि पहल भइरहेको बताइएको छ ।यस्तै, सरकारले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका बेला ज्यान गुमाएका बाजुराका सञ्जीव ऐरी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
Leave A Comment