Latest
img

जब आफ्नो लागी छुट्टै किसिमको सोफा राखेको देखे अनि तत्काल परिवर्तन गर्न निर्देशन दिए

शनिबार बिहान उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने सशस्त्र प्रहरी बल (एपिएफ)को प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन्। शनिबार बिहान हलचोकस्थित एपिएफको मुख्यालयमा उनले निरीक्षण भ्रमण गरेका हुन्। निरीक्षणपछि आयोजित कार्यक्रममा उनले सशस्त्र प्रहरीलाई निर्देशन दिने तालिका थियो।

स्टेजमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत उच्च अधिकृतहरू पनि उपस्थित थिए। उक्त स्टेजमा सशस्त्र प्रहरी अधिकृतहरूका लागि र गृहमन्त्री लामिछानेका लागि छुट्टै सोफा राखिएको थियो। सशस्त्र प्रहरी अधिकृतहरूकोबीचमा गृहमन्त्री लामिछानेका लागि रातो रंगको सोफा राखिएको थियो।

छुट्टै किसिमको सोफा राखेको देखेपछि तत्काल परिवर्तन गर्न उनले निर्देशन दिएका हुन्। उनले निर्देशन दिएपछि सशस्त्र प्रहरी अधिकृतहरू बसेकै खालको सोफा राखिएको हो। सोफा परिवर्तन भएसँगै कार्यक्रम अघि बढेको हो। यस्तै उनले सशस्त्र प्रहरी अधिकारीहरूलाई विगतका कमजोरीलाई सुधारेर लैजाने र प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा

शून्य कमजोरीका साथ कार्यसम्पादन गर्न पनि निर्देशन दिएका छन्। तराईंको चर्को गर्मीदेखि हिमालको ओलाङ्गचुङगोला र छाङगरुको कठ्याङ्ग्रिदो चिसोसँगै तैनाथ भएका अधिकृत तथा जवानहरूको बसाईका लागि भौतिक पूर्वाधार कमजोर हालतमा रहेको बताउँदै आवश्यक पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।

यो पनि – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ।

फाउण्डेशनका सचिव गोपाल धिताल नेतृत्वको प्रनिनिधिमण्डलले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई शुक्रबार भेटी नेपालमा रहेका ती शरणार्थीका विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह गरेको हो। फाउण्डेशनले उपप्रधानमन्त्री लामिछानेलाई हस्तान्तरण

गरेको ज्ञापनपत्रमा आफ्नै पुर्खाको देशमा शरणार्थी जीवन बिताउनु पर्दा अत्यन्त पीडा हुने भन्दै नेपाली भाषी भुटानीलाई ससम्मान भुटान फर्काउन, नेपालकै नागरिकता दिलाउन वा पुनर्वासका लागि तेस्रो मुलुक पठाउनका लागि पहल गरिदिन आग्रह गरिएको छ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘आफ्नै समुदायका व्यक्तिहरु अझै पनि नेपालको झापा र मोरङका शिविरमा कष्टकररुपमा शरणार्थी जीवन बिताउन बाध्य छन्। यसले हामी पुनर्वासमा गएर ती देशमा आफ्नो पहिचानसहित काम गरिरहेकालाई पनि पीडा दिएको छ।’

‘नेपाली भाषा, संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने तथा मानवीय सेवालाई नै जीवनको धर्म सम्झने उद्देश्यले स्थापित यो फाउण्डेशन आफ्नै समुदायका व्यक्तिहरु अझै पनि नेपालको झापा र मोरङका शिविरमा अति कष्टकर शरणार्थी जीवन बिताउन बाध्य भएकोप्रति हामी माननीय

मन्त्रीज्यूमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ’, सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ। पुनर्वासका क्रममा अमेरिकामा रहेका नेपाली भाषी भुटानी युवा व्यवसायी तथा समाजसेवीले डिल्ली अधिकारीको नेतृत्वमा अमेरिकामा सो फाउण्डेशन स्थापना गरेका हुन्।

नेपाली भाषा, संस्कृतिको संरक्षण सम्वर्द्धनको उद्देश्यसहित यस फाउन्डेसनले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ नामका दुईवटा ‘रियालिटी शो’ गरेर संसारभरका नेपाली भाषी प्रतिभालाई हालसम्मकै सर्वाधिक (एक करोड) राशिको पुरस्कार दिने घोषणा पनि गरेको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment