काठमाडौं- शनिबार राति करिब ९ बजे लोक तथा दोहोरी गायक शक्ति चन्द लाइभ आए। उनको त्यो लाइभ केही अस्वाभाविक थियो। लाइभमा आए पनि उनले आफ्नो अनुहार देखाएका थिएनन्। लाइभ सुरु भएको केही बेरसम्म उनी बाटोमा एकोहोरो हिँडिरहन्छन् र केही बेरपछि बेल्न सुरु गर्छन।
‘नमस्कार सबैजनालाई, आज म अब उहाँहरु माझ फेरि नआउने गरी सधैका लागि जाँदैछु। अन्तिम चोटि म मेरा मनका केही कुराहरु सेयर गर्दै छु। धेरै टाढा जाँदै छु उहाँहरु माझबाट, मैलै जानी नजानी गल्ती गरेँ वा मैले मेरो जीवनलाई मुक्ति दिएँ, त्यो म भन्न सक्दिन।
कहिल्यै फर्किएर आउँदिन हजुरहरु माझ, मचाहिँ आज जहाँसम्म मेरो गन्तव्य छ, त्यहाँसम्म पुग्छु। कसैले गलत नसोचिदिनुहोला। यो खबर मेरो घरसम्म नपुर्याइदिनुहोला। कहिल्यै देखाउने छैन यो अनुहार, हजुरहरूको अगाडि। सोच्नुहोला यो शक्ति चन्द बालुवामा बिलायो, पानीमा हरायो, आगोमा ज’ ल्यो, सम्झिनुहोला प्लिज।
म केहीबेर बसेर हजुरहरुसँग मेरा सबै कुरा सेयर गर्छु, अनि बिदा हुन्छु हस।’ यति भनेर अघि बढिरहेका चन्दको लाइभ ६ मिनेट १९ सेकेण्डमा काटिन्छ। उनको यो लाइभ हेर्ने जो कोहिले सजिलै अनुमान लगायन सक्थ्यो कि उनी लाइभ आएर आ’ त्मह’ त्या गर्न चाहन्थे। उनको सो लाइभ तत्कालै सबैमाझ फैलियो।
लाइभ हेरिरहेका एक व्यक्तिले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको कन्ट्रोल रुमको १०० नम्बरमा यसबारे खबर गरे। खबर पाउनेबित्तिकै प्रहरीले उद्धारका लागि तत्काल प्रयास गर्यो। लाइभ हेरिरहेका पत्रकार कमल सरगमले शक्तिलाई फोन गरेर उनको लोकेसन सोधेका थिए।
तर, शक्तिले लोकेसन नबताई आफूलाई नखोज्न भन्दै फोन का’ टेका थिए। प्रहरीले सोही फोन कलको आधारमा साइबर ब्युरोमा समन्वय गरेर लोकेसन पत्ता लगायो। काठमाडौं उपत्यका प्रहरी कार्यालयले महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठको टोलीलाई त्यसतर्फ पठायो।
यी सबै प्रक्रिया पूरा हुँदासम्म बेलुकीको करिब साढे ९ भइसकेको थियो। बुढानीलकण्ठ वृत्तबाट गएको टोली केहीबेरमै जंगलमा शक्ति भएको स्थानमा पुग्यो। प्रहरीले शक्ति भेट्दा उनी एकसुरमा अगाडि बढिरहेका थिए। प्रहरीले उनलाई सकुशल फेला पारी राति नै उपचारको लागि अस्पताल भर्ना गर्यो।
साथै परिवारको जिम्मा समेत लगाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनाली भन्छन्, ‘हामिलाई एकजना पत्रकार मित्रले फोन गरेर लाइभ बसेर एकजना व्यक्ति आ’ त्मह’ त्याको प्रयास गरिरहनुभएको छ. उद्धार गरिदिनुपर्यो भन्दै फोन गर्नुभयो।
त्यसपछि हामीले सबै निकायमा तत्काल समन्वय गरेर उहाँको लोकेसन फेला पारेर उहाँलाई सकुशल उद्धार गरेका हौँ।’ उनले प्रहरीले बडो मेहनतका साथ चन्दलाई फेला पारेको बताए। चन्द ४० लाख रुपैयाँ ऋणमा फसेको, आफ्नै साथीहरुबाट विश्वासघात भएको भन्ने खबर केही समय अघि सार्वजानिक भएको थियो।
यसरी लाइभ बसेर आ’ त्माह’ त्याको प्रयास गर्ने उनी पहिलो व्यक्ति भने होइनन्। यसअघि पनि थुप्रैले लाइभ बसेर आ’ त्माह’ त्याको प्रयास गरिसकेका छन्। २०७७ असार १८ गते मध्यरातमा दाङ तुलसीपुरकी २३ वर्षीय एलिसा गौतमले फेसबुक लाइभमा आएर आ’ त्मह’ त्या गरेकी थिइन्।
लाइभमा उनको अस्वाभाविक गतिविधि देख्नेले जिल्ला प्रहरी कार्यालय दाङ र प्रहरीको साइबर ब्युरोसम्म खबर पुर्याए । तर, उनको कोठासम्म प्रहरी नपुग्दै उनले आत्महत्या गरिसकेकी थिइन्। २१ असोज २०७५ मा चितवन कालीकानगर बस्ने २५ वर्षीय निश्चल तामाङलाई पनि प्रहरीले बचाउन सकेन।
९ बजेतिर फेसबुक लाइभमा देखापरेका ट्याटु आर्टिस्ट निश्चलले आफूलाई सिध्याउन पा’ सो लगाए। उनले आ’ त्मह’ त्या गर्न लागेको सूचना नजिकका साथीभाइ र प्रहरीले थाहा त पाए तर लोकेसन पत्ता लगाएर आफन्तलाई सम्भावित घटनाबारे खबर दिन सफल भए पनि प्रहरीले उनलाई बचाउन सकेन।
५ फागुन २०७६ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कालीमाटी क्षेत्रमा रहेका एक युवकलाई भने बचाउन सफल भयो। फेसबुक लाइभमा आएर आत्महत्या गर्न खोजेका ती युवककहाँ पुग्न प्रहरी केही समय मात्रै ढिलो पुगेको भए उनले ज्यान गु’ माइसकेका हुने थिए।
साइबर ब्यूरोको तथ्याङ्कका आधारमा फेसबुकमा ‘लाइभ स्ट्रिमिङ’ गर्दै हालसम्म २ जनाले ज्यान गुमाइसकेको ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले बताएका छन्। हालसम्म ४४ वटा यस्ता केसहरु हेरेको उनी बताउँछन्। तीमध्ये २२ जनलाई भने प्रहरीले सकुशल उद्धार गरिसकेको छ।
आ’ त्मह’ त्याको प्रयास गर्दा सु’ साइड नोट लेख्नेहरुले पनि हिजोआज सामाजिक सञ्जालमा लाइभ बसेर आ’ त्मह’ त्याको प्रयास गर्ने गरेको मनोविज्ञहरुले बताउने गरेका छन्।
Leave A Comment