Latest
img

नायिका प्रियंका कार्कीलाई दर्शकले मन पराएनन

काठमाडौँ – नायिका प्रियंका कार्कीले आफूलाई ‘अन्तरराष्ट्रिय भूत’ भनिन् । अर्थात, उनले भूतको भूमिकामा एकपछि अर्को फिल्ममा काम गरिरहेकी छिन् । उनले, केही बर्ष पहिले भूतकै भूमिकामा काम गरेको फिल्म थियो ‘माला’ ।

यो फिल्मले समीक्षागत रुपमा राम्रो प्रतिक्रिया पाएको थियो । तर, बक्स अफिसमा फिल्मले पानी भन्न पाएन । अर्थात, त्यो समयमा पनि प्रियंकालाई दर्शकले भूत बनेको पत्याएनन् ।उनै, प्रियंकाको नयाँ फिल्म ‘चि मुसी चि’ शुक्रबारदेखि हलमा लागेको थियो ।

फिल्मको प्रचारका लागि प्रियंका खुलेरै लागेकी थिइन् । तर, यो फिल्ममा पनि दर्शकले उनलाई पत्याएनन् ।यो फिल्मको तीन दिने व्यापार हेर्ने हो भने कमजोर छ । समीक्षागत रुपमा राम्रै प्रतिक्रिया पाएको फिल्म हेर्न हलसम्म जाने चेष्टा निक्कै कम दर्शकले गरेका छन् ।

प्रियंकाले आफूलाई ‘अन्तरराष्ट्रिय भूत’ भनेपनि उनलाई दर्शकले पनि यो अवतारमा रुचाएका छैनन् । आमा बनेपछि फिल्म क्षेत्रमा व्यस्त बनिरहेकी प्रियंकाको यो बर्ष ‘लक्क जवान’ नामक फिल्म पनि चलेन । उनको अब आशा फागुण ५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘फूलबारी’माथि अडिएको छ ।

यो पनि – फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक भएको छ ।माघ २० गते प्रदर्शनमा आउने फिल्म ‘ह्यारीकी प्यारी’ को आइतबार बानेश्वर स्थित वान सिनेमाजमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो ।

कमेडीसँगै पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा कलाकार जितु नेपाल, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार विजय बराललाई मुख्य भूमिकामा देखाइएको छ ।सार्वजनिक ट्रेलरमा हाँसो र रोदनको दुइटा पाटो रहेका छन् । ‘ह्यारी कि प्यारी’मा साम्राज्ञी र जितुको केमेस्ट्री दर्शकका लागि रमाइलो लाग्ने देख्न सकिन्छ।

पैसाको पछाडि परेर वीर्य दान गर्ने जितु र कुनै पनि जोखिमविना बच्चा जन्माउन चाहने साम्राज्ञीबिच आउने उतार-चढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।यो फिल्मलाई चिकित्सक भोला रिजालका छोरा कपिल रिजालले निर्देशन गरेका हुन्। दन्त चिकित्सक कपिल रिजाल यही फिल्मबाट निर्देशनमा डेब्यू गर्दै छन्।

बीआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको ‘ह्यारीकी प्यारी’मा फिल्ममा जितु, साम्राज्ञी र विजयसँगै, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतको अभिनय छ ।बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएको फिल्मको कथा निर्देशक रिजाल आफैले तयार पारेका हुन्।

सुदीप बरालले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्। यो फिल्म नेपालीसहित हिन्दी, बंगाली, पञ्जाबी र मराठी भाषामा समेत प्रदर्शन हुने भएको छ ।फिल्मको यस अघि अभिनेत्री रेखा थापाले नृत्य गरेको ‘धरहरा हल्लियो’ बोलको गीत सार्वजनिक भएको थियो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment