काठमाडौं । सधैं तनाबका बिचमा रहनेहरु भन्दा हंसमुख भएकाहरुले अरूको मन सजिलै जित्न सक्छ । यसर्थ, हँसिलो मुहार भएको मानिस सबैको प्यारो पनि हुन्छ । प्रायः सफल मानिसका पछाडि हाँस्नु अर्थात् खुसी रहनुले विशेष अर्थ राखेको हुन्छ ।
अर्थात्, जस्तोसुकै परिस्थितिमा पनि जो मुस्कुराउन सक्छ, उसैको जीवन सफल हुन्छ । हाँस्नु स्वास्थ्यका दृष्टिले समेत एकदमै फाइदाजनक मानिन्छ । तनाव कमः हामी हाँस्दा हाम्रो शरीरमा एडोलसेन्स नामक हर्मोन उत्पन्न हुन्छ । यो हर्मोनको काम तनाव कम गर्ने हो ।
तसर्थ, दिल खोलेर हाँसेर तनाव व्यवस्थापन गर्न सकिन्छ । तनावकै कारण हुने विभिन्न शारीरिक तथा मानसिक समस्याबाट जोगिनसमेत हाँस्न जरुरी छ ।स्वस्थ जीवनः हाँस्दा शरीरका अंगहरू सक्रिय हुने गर्छन् । जसकारण हाम्रो शरीरमा स्वतः ऊर्जा आउँछ ।
खुलेर हाँस्दा रक्तप्रवाह राम्ररी हुन्छ । शरीरमा पर्याप्त अक्सिजन पुग्छ र मुटुको पम्प रेटलाई ठीक राख्न मद्दत हुन्छ । त्यस्तै, हाँसोले प्रतिरक्षा प्रणाली पनि बलियो बनाउने भएकाले शरीरलाई बाहिरी ब्याक्टेरियाबाट जोगाउँछ ।व्यवसायमा सफलः व्यवसाय गर्ने मानिस प्रायः सधैँ हँसिलो देखिन्छ ।
अरूको मन जित्नका लागि पनि मुस्कुराउन जरुरी छ । मुस्कुराउने वा नरम हुनाले एक–अर्कासँगको सम्बन्ध सुमधुर बनाइदिन्छ । हँसिला मानिस मात्र व्यवसायमा सफल छन् भन्ने प्रमाणित भइसकेको तथ्य हो ।सकारात्मक ऊर्जा पैदाः जब हामी हाँस्छौँ, फोक्सोमा ताजा हावा पुग्छ ।
यसले शरीरमा अक्सिजनको आपूर्ति सहज बनाइदिन्छ । अनि, शरीरमा सकारात्मक ऊर्जा प्रदान हुन्छ । खुलेर हाँस्दा पीडा, चिन्ता दूर गराउँछ र नकारात्मक भावना पैदा हुन दिँदैन । बिहानको ताजा हावामा उन्मुक्त तरिकाले हाँस्नुपर्छ ।सामाजिक सम्बन्ध विकासः अमेरिकामा भएको
एक अध्ययनले हँसिला मानिसको परिवारमा सम्बन्धविच्छेद कम हुने देखाएको थियो । मुस्कुराएर बोल्दा परिवारमा झैझगडा कम हुने, सम्बन्ध सुमधुर रहने हुन्छ । यसले एक–अर्कामाथि द्वेषको भावना आउँदैन । एजेन्सीको सहयोगमा
Leave A Comment