काठमाडौँ । चर्चित बेंकर रविना देशराज श्रेष्ठ अहिले अफ्रीकी महाद्वीप तट मौरिससमा रमाइरहेकी छिन् । उनी अफ्रीकी महाद्वीप तट मौरिससमा एक्लै नभई आफ्ना प्रेमीसँग पुगेकी हुन् ।मेघा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट राजीनामा दिएको एक सातामा
आफ्नो प्रेमी सार्वजनिक गरेकी रवीनाका पतिले केही वर्ष अगाडि एक जना बैंकरसँग नजिकिएको भन्दै डिभोर्स दिएपछि उनले नाम र दाम दुवै कमाइन् ।तर कहिल्यै उनी अर्को पुरुषसँग यसबिचमा जोडिइनन् । कलाकार आयुष्मान र आशीरमानकी आमा तथा प्रियंका कार्कीकी सासू समेत रहेकी
रवीनाले प्रेमको रहस्य आफ्ना छोरा र बुहारीलाई भन्नका लागि निकै प्रयास गरिन् ।धेरै समय भन्न नसकेकी उनले आफ्नो प्रमको कुरा छोरा बुहारीलाई भन्दासाथ उनीहरुले स्विकारेपछि रबिनाले पुष १५ गते बिहीबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् ।
वाइल्डलाइफ फोटोग्राफरका रुपमा चिनिएका स्टुआर्ट एलेक्जेण्डर च्याम्पम्यान नाम गरेका बेलायती नागरिकसँग प्रैममा परेकी रविना बैंकिङ क्षेत्रमा उच्च व्यवस्थापनमा पुग्ने सीमित नेपाली महिलामा पर्छिन् । स्टाण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेकी उनी नबिल बैंक हुँदै मेगा बैंकमा सिनियर पदमा काम गरेको अनुभव छ ।
यो पनि – नेपाल राष्ट्र बैंकको निर्देशनपछि अन्ततः लक्ष्मी बैंक र सनराइज बैंक आपसमा मर्जरमा जाने भएका छन्। यी दुई बैंकले मर्जरमा जानका लागि सोमबार प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गर्ने लक्ष्मी बैंकका एक संस्थापक सेयरधनी जानकारी दिए।
‘मर्जरमा जानका लागि भोलि सम्झौतापत्रमा हस्ताक्षर हुन्छ’, उनले भने, ‘मर्जर कमिटीबीच अहिलेलाई १ः१ अनुपातमा मर्ज हुने सहमति जुटेको छ तर डीडीए रिपोर्टअनुसार स्वाप रेसियो निर्धारण हनेछ।’लक्ष्मी र सनराइज बैंकले आ–आफ्नो मर्जर समिति गठन गरी मर्जरमा जान विभिन्न चरणमा छलफल गरेका थिए।
मर्जरपछि बैंकको अध्यक्ष र सीईओ लक्ष्मी बैंकले पाउने सहमति भएको ती संस्थापक सेयरधनीले जानकारी दिए। मर्जरपछि बन्ने बैंकको नाम ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ राख्ने सहमति भएको छ। हाल लक्ष्मी बैंकको ११ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ। बराबरी हैसियतमा मर्जरमा गएमा बैंकको चुक्तापुँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ।
Leave A Comment