Latest
img

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मतको लागी ह्‍विप जारी नगर्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन अन्य दलहरूलाई पनि आह्वान गरेको छ। रास्वपाको सोमबार बसेको संसदीय दलको बैठकले गठबन्धनबाहिर रहेका दलहरूलाई पनि विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको सांसद सन्तोष परियारले जानकारी दिए।

‘हामी आफैँ पनि सत्ता साझेदार दल हौँ। त्यसैले हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिलाउनका लागि अन्य दललाई पनि आग्रह गर्छौं,’ उनले भने, ‘पार्टी नै सरकारमा भएकाले सांसदहरूलाई ह्विप लगाउन पर्दैन। त्यो सांसदहरूको जिम्मेवारी हो।हामीले पहिला नै सबै जिम्मेवारी पार्टी सभापतिलाई दिइसकेका छौँ।’

गठबन्धनबाहिर नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी रहेका छन्। त्यस्त्यै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।

आज बसेको संसदीय दलको बैठकले सभापति लामिछानेलाई सम्बोधन गर्ने जिम्मेवारी लिएको सांसद सन्तोष परियारले जानकारी दिए। साथै बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा सदन चलाउन बनाइने अध्यक्ष मण्डलमा डा. चन्दा कार्कीको नाम सिफारिस गरिएको छ।

आज दिउँसो १ बजे नयाँ बानेश्वरमा रहेको अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवनमा प्रतिनिधि सभाको बैठक बस्दैछ ।१ बजेदेखि सुरु हुने बैठकमा ज्येष्ठ सदस्य तथा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने छन्। त्यस्तै सभामुखले नेपालको संविधानको धारा १०४ बमोजिम यस प्रतिनिधि सभाबाट सभाको नियमावली नबनाएसम्मको लागि प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्नेछन् ।

त्यसपछि सभामुखले सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्नेछन् ।अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सदस्यहरूले आ-आफ्नो मन्तव्य राख्ने आजको कार्यसूची रहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment