डोटीमा घास काट्न जाने क्रममा भिरबाट लडेर एक युवतीको मृ’ त्युु भएको छ । शिखर नगरपालिका – १ कि २१ बर्षिया अमिशा शाहीको घाँस का’ ट्न जाने क्रममा भिरबाट लडेर मृ’ त्यु भएको हो। बुधबार दिउँसो घर नजिकै घाँस का’ ट्न जाने क्रममा भिरबाट लडेर मृ’ त्यु भएको उनको साथी नबराज भट्टले जानकारी दिए ।
मृ’ तक अमिशा कैलालीस्थित एश्वर्य बहुमुखी क्याम्पसमा स्नातक प्रथम बर्षमा अध्ययनरत थिइन् । जाडो बिदामा डोटी घर गएकी थिइन् ।उता पर्सामा नि’ स्सासिएर २ जना भारतीय नागरिकको मृ’ त्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरस्थित त्रिपती ट्रेडिङ् एण्ड सप्लायर्सको कोइला डिपोमा २ जनाले नि’ स्सासिएर ज्यान गुमाएका हुन् ।
कोइला डिपोको रेखदेख गर्ने भारत बिहारको मोतिहारी रक्सौल ७ का २९ वर्षीय पबित्र गिरी र सोही ठाउँका डिपोका म्यानेजर ३० वर्षीय मिथलेश यादवको मृ’ त्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।प्रहरीका अनुसार डिपोको एकतले पक्की भवनमा
झ्याल ढोका बन्द गरेर मंगलवार सुतेका दुवै जनाले बुधवार बिहान १० बजेसम्म पनि ढोका नखुलेपछि प्रहरीले ढोका फो’ डेर भित्र प्रवेश गरी हेर्दा मृ’ त्यु भएको पाइएको थियो ।तगारीमा कोइला बालेर झ्याल ढोका बन्द गरी सुत्दा अक्सिजनको कमी भई निस्सासिएर मृ’ त्यु भएको
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । नारायणी अस्पतालका चिकित्सकसहितको टोलीले घ’ टनास्थलमा पुगेर अनुसन्धान अधिकृत लगायतले लास जाँच प्रकृति मु’ चुल्कासहितको कार्य सम्पन्न भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
यो पनि – बैतडीको एक विद्यालयमा विगत पाँच दिनदेखि ताला लगाइएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ३ स्थित जनप्रिय आधारभूत विद्यालयमा अभिभावकहरुले नै तालाबन्दी गरिदिएपछि पाँच दिन देखि पठनपाठन प्रभावित भएको छ।
पठनपाठन अवरुद्ध भएपछि विद्यार्थी पढाइबाट बञ्चित भएका छन्। गत शुक्रबारदेखि अभिभावकहरुले विद्यालयमा तालाबन्दी गरेपछि विद्यालयमा पठनपाठन प्रभावित भएको शिक्षकहरुको भनाई छ। तालाबन्दीले पठनपाठन अवरुद्ध भएपछि बालबालिकाहरु समस्या परेका छन्।
प्रधानाध्यापकले अनियमितता गरेको भन्दै अभिभावकहरुले गत शुक्रबार विद्यालयमा तालाबन्दी गरेका थिए। कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा करिब ८० जना विद्यार्थी अध्यानरत रहेका बताइएको छ।
Leave A Comment