कम्बोडियामा भएको आगलागीको घटनामा ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको श’ व नेपाल ल्याउन ढिलाइ भएको छ ।शव ल्याउन नेपालबाट आवश्यक डकुमेन्ट कम्बोडिया पुगिसकेपनि त्यहाँको सरकारी पक्षबाट प्रमाणीकरण नहुँदा ढिलाइ भएको हो ।
एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्काले आवश्यक डकुमेन्ट नेपालबाट पठाइसकेको जानकारी दिँदै घ’ टना भएको मुलुकले प्रमाणीकरण गरेसँगै श’ व ल्याइने बताए । त्यसका लागि कम्बोडियाको आन्तरिक मन्त्रालयमा फाइल पेस भइसकेको छ ।
तर , अधिकारीहरुले डकुमेन्ट प्रमाणीकरणमा ढिलाइ गर्दा श’ व नेपाल पठाउन नसकिएको उनको भनाइ छ । आन्तरिक मन्त्रालयका अधिकारीले बिहीबारका लागि पुनः फाइल प्रमाणीकरणका लागि बोलाएको बताइको छ । आज फाइल प्रमाणीकरण भएमा तीन-चार दिनभित्र श’ व नेपाल पुग्नसक्ने उनको भनाइ छ ।
पाण्डेको थाइल्याण्डको सीमा नजिकै पर्ने पोपेइ सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा मृ’ त्यु भएको थियो । आगलागीबाट ज्यान जोगाउन १२ औं तलामाथिबाट हा’ मफाल्दा उनको मृ’ त्यु भएको हो । डकुमेन्ट प्रमाणीकरण भएपछि
घटनास्थलस्थित अस्पतालबाट कम्बोडियाको राजधानी फेनाम पेन हुँदै नेपाल ल्याइने बताइएको छ । घटनास्थलबाट राजधानी श’ व पठाउनै करिब १० घण्टा लाग्ने बताइएको छ । निराकारको मृ’ त्युपछि दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले चासो दिँदै छिटो श’ व नेपाल ल्याउन अधिकारीहरुलाई निर्देशन दिएका थिए ।
श’ व नेपाल ल्याउन सरकारले नै खर्च बेहोर्ने निणर्य गरिसकेको छ । श’ व नेपाल ल्याउन कम्बोडिया समेत हेर्ने थाइल्याण्डस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको छ । दूतावासलाई एनआरएनए कम्बोडियाले पनि सहजीकरण गरिरहेको छ ।
यो पनि – प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्वाचित भएका छन् ।सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको मात्रै उम्मेदवारी परेको थियो । आज बसेको प्रदेश सभा बैठकले गौतमलाई निर्वाचित भएको घोषणा गरेको हो । माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन थियो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए । दोस्रो कार्यकालमा गौतम बन्नेछन् ।सभामुख गौतमले आजै शपथ लिनेछन् ।
संसद् सचिवालयका प्रमुख गोपाल पराजुलीका अनुसार १ बजे शपथ ग्रहण गर्ने छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउने छन् । प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ ।
Leave A Comment